२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

मलेसियाबाट फर्किएका धादिङका युवाको औँठी खोसेर ४२ हजार मागियो

२०८१, १८ भाद्र मंगलवार ०९:२४

भदौ १८, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका विषयमा गम्भीर प्रश्न उठेको छ । वैदेशिक रोजगारीबाट फर्किदा ल्याउन पाउने मात्राको सुन नै नियन्त्रणमा राखेर ४२ हजार मागिएको विषय मंगलबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद डिगबहादुर लिम्बूले उठाएका हुन् । 

“वैदेशिक रोजगारीमा गएका मान्छेहरू फर्केर आउँदा ५० ग्राम सुन ल्याउन दिने भन्ने व्यवस्था गरिएको छ । त्यसमा महिलालाई ५० ग्राम र पुरुषलाई २५ ग्राम भनेर लेखिएको रैछ,” सांसद लिम्बूले भने, “धादिङ निवासी रामकृष्ण विकको मलेसियाबाट आउँदा २० ग्रामको औँठी खोसेर राखियो र ४२ हजार नतिरी त्यो २० ग्राम सुन दिएको अवस्था छैन ।” 


उनले वैदेशिक रोजगारीबाट आउने युवामाथि विभेद भएको बताए । वैदेशिक रोजगारीमा गएका युवाहरूले पठाएको रेमिट्यान्सले देश चलाउने र उनीहरूलाई नै अपमानित गर्ने कुरा अनुचित भएको लिम्बूको भनाइ थियो । “सभामुख महोदय, यो खालको विभेद गरिएको देखियो,” लिम्बूले भने, “वैदेशिक रोजगारीमा गएकाहरूको रेमिट्यान्सबाट देश चलाउने अनि उनीहरूलाई अपमान गर्ने कुरा उचित हुँदैन ।” 

लिम्बूले कांग्रेस–एमाले सरकार बनेपछि सुकुम्बासीहरू उत्साहित बनेको भन्दै उनीहरूलाई जग्गाधनी पूर्जा दिने काम ढिला नगर्न पनि उनले आग्रह गरे । “नेपाली कांग्रेस र एमालेको सरकार बनिसकेपछि देशभरी खुसी छाएको अवस्था थियो र सुकुम्बासीहरू अब जग्गाधनी प्रमाणपूर्जा प्राप्त गर्ने आशामा छन्,” लिम्बूले भने, “त्यसको प्रक्रिया अघि बढिरहेको छैन । त्यसकारण चाँडोभन्दा चाँडो सुकुम्बासी समस्या समाधान गर्नको निमित्त प्रक्रिया अघि बढाइयोस् ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन