२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

मलेसियाबाट फर्किएका धादिङका युवाको औँठी खोसेर ४२ हजार मागियो

१८ भाद्र २०८१, मंगलवार ०९:२४

भदौ १८, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका विषयमा गम्भीर प्रश्न उठेको छ । वैदेशिक रोजगारीबाट फर्किदा ल्याउन पाउने मात्राको सुन नै नियन्त्रणमा राखेर ४२ हजार मागिएको विषय मंगलबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद डिगबहादुर लिम्बूले उठाएका हुन् । 

“वैदेशिक रोजगारीमा गएका मान्छेहरू फर्केर आउँदा ५० ग्राम सुन ल्याउन दिने भन्ने व्यवस्था गरिएको छ । त्यसमा महिलालाई ५० ग्राम र पुरुषलाई २५ ग्राम भनेर लेखिएको रैछ,” सांसद लिम्बूले भने, “धादिङ निवासी रामकृष्ण विकको मलेसियाबाट आउँदा २० ग्रामको औँठी खोसेर राखियो र ४२ हजार नतिरी त्यो २० ग्राम सुन दिएको अवस्था छैन ।” 


उनले वैदेशिक रोजगारीबाट आउने युवामाथि विभेद भएको बताए । वैदेशिक रोजगारीमा गएका युवाहरूले पठाएको रेमिट्यान्सले देश चलाउने र उनीहरूलाई नै अपमानित गर्ने कुरा अनुचित भएको लिम्बूको भनाइ थियो । “सभामुख महोदय, यो खालको विभेद गरिएको देखियो,” लिम्बूले भने, “वैदेशिक रोजगारीमा गएकाहरूको रेमिट्यान्सबाट देश चलाउने अनि उनीहरूलाई अपमान गर्ने कुरा उचित हुँदैन ।” 

लिम्बूले कांग्रेस–एमाले सरकार बनेपछि सुकुम्बासीहरू उत्साहित बनेको भन्दै उनीहरूलाई जग्गाधनी पूर्जा दिने काम ढिला नगर्न पनि उनले आग्रह गरे । “नेपाली कांग्रेस र एमालेको सरकार बनिसकेपछि देशभरी खुसी छाएको अवस्था थियो र सुकुम्बासीहरू अब जग्गाधनी प्रमाणपूर्जा प्राप्त गर्ने आशामा छन्,” लिम्बूले भने, “त्यसको प्रक्रिया अघि बढिरहेको छैन । त्यसकारण चाँडोभन्दा चाँडो सुकुम्बासी समस्या समाधान गर्नको निमित्त प्रक्रिया अघि बढाइयोस् ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म