२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भक्तपुरका शिवालयहरूमा बिहानैदेखि दर्शनार्थी महिलाहरूको भीड

२०८१, २१ भाद्र शुक्रबार ०७:५६

भदौ २१, भक्तपुर । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्वका अवसरमा भक्तपुरका प्रमुख शिवालयमा आज बिहानैदेखि दर्शनार्थी महिलाहरूको भीड लागेको छ ।

ब्रह्मा, विष्णु र महेश्वरको स्वरूप मानिने भक्तपुरको दत्तात्रय मन्दिरमा आज बिहानैदेखि महिलाहरूको भीड लागेको हो । मेला व्यवस्थापन समितिले दर्शनका लागि आएका महिलाहरूको दुई किलोमिटर लामो लाइन लागेपछि टोकन दिएर व्यवस्थापन गरिरहेको छ ।

नेपाल स्काउट, स्थानीय क्लब र महिला सङ्घसङ्गठनले स्वयंसेवकका रूपमा व्यवस्थापनमा सहयोग गरिरहेका छन् भने विभिन्न स्वास्थ्य संस्थानहरूले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । एम्बुलेन्सलाई मन्दिर परिसरमा तयारी अवस्थामा राखिएका छन्भने सुरक्षाका लागि धेरै सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । मन्दिर परिसरमा दर्शनार्थी महिलाको भीड लाग्नुका साथै महिलाहरूले विभिन्न समूहमा नाचगान गरी तिज मनाएका छन् ।

यसैगरी आजै सूर्यविनायक–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि महिलाहरूको भीड लागेको छ । केदारनाथको शिर डोलेश्वर, आशापुरीबाट साँगाको अग्लो कैलाशनाथ महादेवसम्म दर्शनार्थीको भीड लागेको छ ।

मन्दिर विकास तथा संरक्षण समितिका महासचिव हरिशरण बस्नेतले बिहानैदेखि दर्शनार्थीको भीड लागेको जानकारी दिए । यहाँ बर्तालुलाई लक्षित गरी स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको उनले बताए ।

सिपाडोलकै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि दर्शनार्थीको भीड लागेको छ । डोलेश्वरमा दर्शन गर्नेहरू आशापुरी जाने गरेकाले दुवै मन्दिरमा दर्शनार्थीको भीड लागेको हो । 

यस्तै सूर्यविनायक–१ सिरुटारस्थित गुप्तेश्वर महादेव मन्दिर, सोमलिङ्गेश्वर महादेव, चरखण्डिश्वर महादेव, वडा नं ४ स्थित अनन्तलिङेश्वर महादेव, वडा नं ५ को सुवर्र्णेश्वर महादेव, वडा नं १० चित्तपोलमा रहेको साँगास्थित अग्लो कैलाशनाथ महादेव, चित्तपोलकै लटरम्बेश्वर महादेव, चाँगुनारायणको यातु महादेव, चाँगुनारायण मन्दिरहरूमा दर्शनार्थीको भीड लागेको छ । 

तीज पर्वमा महिलाहरूले आज निराहार व्रत बसी आफ्ना पति, घरपरिवारको लामो आयु, सुख, समृद्धिको कामना गर्दै साँझ महादेव मन्दिरमा दर्शन तथा नाचगान गर्दै यो पर्व मनाउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ