२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ओलीविरुद्ध स्टाटस लेखेपछि बालेनलाई बडालको जवाफ- ड्रग्सको नशाबाट बाहिर निस्कनुस्

२०८१, २६ भाद्र बुधबार ०८:४६

भदौ २६, काठमाडौँ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहमाथि गम्भीर आरोप लगाएका छन्। बडालले मेयर बालेनमाथि सामाजिक सञ्जालमा ड्रग्सको नशामा अशिष्ट र छाडा कुरा लेख्ने गरेको आरोप लगाएका छन्।

यो विवाद बालेन शाहले नदी किनाराका बस्ती खाली गर्ने सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि निरन्तर आरोप लगाउँदै बुधवार सामाजिक सञ्जालमा पोस्ट गरेपछि सुरु भएको हो।

बडालले एक वक्तव्य जारी गर्दै बालेनलाई मुख छाड्न बन्द गर्न चेतावनी दिएका छन्। उनले बालेनको पोस्टलाई जनतालाई दिग्भ्रमित पार्ने र शिष्टता बिहीन भएको आरोप लगाउँदै भनेका छन्, "बालेनले भ्याकेटको निवेदनका लागि पूर्णपाठ नबुझी जनतालाई दिग्भ्रमित पारिरहेका छन्।"

साथै, बडालले बालेनलाई साइबर बुली चलाउन अरबौं खर्च गरेको आरोप लगाउँदै भनेका छन्, "तपाईंको कला र साहित्य अशिष्ट र घिनलाग्दो छ। तपाईंको गतिविधि जनताको हित विपरीत छ।"

बालेन शाह र बडालबीच पछिल्लो समय सामाजिक सञ्जालमा आरोप-प्रत्यारोप तीव्र बनेको छ। बडालले यसअघि बालेनको सचिवालयबाट फेसबुक पेजहरू चलाइएको आरोपसमेत लगाएका थिए, जसपछि केही पेज अस्थायी रूपमा बन्द भएका थिए।

बडालले मेयर बालेन हाल सर्टिफिकेटको नाम सच्याउन बैंगलोर गएको दाबी गर्दै, उनको व्यवहार र अभिव्यक्ति अशिष्ट भएकोले उनी ड्रग्सको नशाबाट बाहिर आउनुपर्ने बताएका छन्।

बडालले वक्तव्यमार्फत भनेका छन्, ‘भ्याकेटमा जान पूर्ण पाठ आउनु पर्छ भन्ने कुरा बालेनले बुझ्न ड्रग्सको नशा उतारिनु पर्छ। महोत्तरीका बालेन्द्र साहजी, तपाईं काठमाडौंको मेयर भएपछि अत्यन्तै अशिष्ट हुँदै जानुभएको छ । न त तपाईंलाई राजनीतिबारे केही थाहा छ, न शिष्टताबारे केही मतलब छ । काम माखो मार्ने होइन, स्रोत नखुलेको अरबौं खर्च गरेर साइबर बुली चलाउनुभयो । जनतालाई दिग्भ्रमित पार्नुभयो, त्यसैको बलमा भत्काउने, बिगार्ने, मुख छाड्नेभन्दा अरू केही गर्न जान्नुहुन्न ।’

तपाईंको कला र साहित्य पनि उही अशिष्ट र घिनलाग्दो छ, ‘तेरो बाउ, मेरो बाउ’, ‘टिक्ने, टोक्ने, खोक्ने’, यस्तै यस्तै न हो ! आफू तेली साह भएर काठमाडौंमा थाहा नहोस् भनेर शाह लेख्नुहुन्छ । आफ्नो सर्टिफिकेटमा नाम सच्याउन हिजो २:३० बजे बैंगलोर उड्नुभयो । यता, काठमाडौंमा बबाली स्टाटस लेखेर भ्रम छर्नुभयो । अदालतको फैसलामा सरकार भ्याकेटमा जाने फैसलाको पूर्णपाठ आएको दुई महिनामा हो । फैसला अस्ति असारमा आएको हो भन्ने बुझ्न ड्रग्सको नशाबाट बाहिर निस्कन सुझाव छ ।’

पछिल्लो समय बालेन र बडालबीच सामाजिक सञ्जालबाट आरोप-प्रत्यारोप समेत चलिरहेको छ । केही समयअघि बडालले बालेनको सचिवालयबाटै केही फेसबुक पेज सन्चालित भएको र फेक सूचना जारी गरेको भन्दै रिपोर्टसमेत गरेपछि ट्रोल नेपाललगायत केही पेज एकाध दिन बन्द समेत भएका थिए । यसबीचमा बालेनको फेसबुक स्टाटस हटेपछि उनले एमालेमाथि आफ्नो स्टाटस डिलिट गरेको आरोप समेत लगाएका थिए । तर, पछि उनको स्टाटस रिकभर भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल