१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विजय कृष्णमुर्तिलाई प्रहरीले नै झूटो चारित्रिक प्रमाणपत्र दिएको पुष्टि

२७ भाद्र २०८१, बिहीबार ०९:०३

भदौ २७, काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कोटीहोमका आयोजक विजय कृष्णमुर्ति महाराज भनिने विजय भण्डारीले प्रहरीबाट झूटो चारित्रिक प्रमाणपत्र प्राप्त गरेको पुष्टि भएको छ। ठगी मुद्दामा दोषी ठहर भएर जेल सजाय भोगिसकेका भण्डारीले उक्त प्रमाणपत्र कोटीहोम आयोजनापूर्व प्रहरीबाट 'निस्कलङ्क' रहेको प्रमाणित गर्न सफल भएका थिए।

ठगीमा मुद्दा परेर दोष ठहर भई जेल सजाय समेत भोगेका भण्डारीले कोटीहोम आयोजनापूर्व प्रहरीबाट ‘निस्कलङ्क’ प्रमाणपत्र लिन सफल भएका थिए । सोही प्रमाणपत्रबारे अनुसन्धानका लागि प्रहरीले उनलाई कोटी होमस्थलबाट पक्राउ गर्न खोजे पनि सफल भएको थिएन ।


प्रहरीको आन्तरिक छानबिनमा भण्डारीले प्रहरीले नै त्रुटि गर्दै प्रमाणपत्र जारी गरेको खुलेको हो। यसअघि, कीर्ते गरेर प्रमाणपत्र बनाएको आशंकामा प्रहरी अनुसन्धान गरिएको थियो, तर प्रहरीबाटै प्रमाणपत्र जारी भएको पुष्टि भएपछि यो विवाद झन् गहिरिएको छ।

स्रोतका अनुसार भण्डारीले चारित्रिक प्रमाणपत्रका लागि निवेदन दिएको केही महिनापछि, काठमाडौं प्रहरी परिसरले उनीविरुद्धको मुद्दामा सफाइ पाएको भनेर प्रहरी प्रधान कार्यालयलाई जानकारी गराएको थियो। यही जानकारीका आधारमा भण्डारीले प्रमाणपत्र लिएका थिए।

पशुपति कोटीहोम आयोजना भइरहेका बेला भण्डारीको आपराधिक गतिविधि र प्रमाणपत्र विवादले चर्चा पाएको थियो। यसैबेला उनले चारित्रिक प्रमाणपत्र सार्वजनिक गरेका थिए, जसलाई लिएर काठमाडौं प्रहरीले थप अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धान समितिले प्रहरीबाट त्रुटि भएको ठहर गर्दै परिसरका एक सहायक निरीक्षक (असई)ले गल्ती गरेको पाइएको जनाएको छ। ती असईले भण्डारीको मुद्दामा सफाइ पाएको भन्दै जवाफ पठाएका थिए, तर पछि उनले आफू झुक्किएको स्वीकार गरेका छन्।

काठमाडौं प्रहरीले उक्त असईमाथि कारबाहीको तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’