१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपालले लिग–२ अघि क्यानडामा एक अभ्यास खेल खेल्ने

२८ भाद्र २०८१, शुक्रबार ०६:५६

भदौ २८,  काठमाडौँ ।  नेपाली क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अघि क्यानडामा एक अभ्यास खेल खेल्ने पक्का भएको छ । नेपाली क्रिकेट टोलीले क्यानडा डेभलपमेन्ट टोलीसँग पक्का भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

उक्त खेल शनिबार राती ७:४५ मा प्रतिस्पर्धा गर्नेछ । क्यानडा टोलीमा नपरेका अन्य उत्कृष्ट खेलाडीहरुले उक्त खेल खेल्ने बुझिएको छ ।

नेपाली टोली मंगलबार राती क्यानडा गएको थियो । लिग–२ मा नेपाल, क्यानडा र ओमानबीच प्रतिस्पर्धा हुनेछ । नेपालले पहिलो खेल लिग–२ मा क्यानडासँग १६ सेप्टेम्बरमा खेल्नेछ । त्यसपछि १८ सेप्टेम्बरमा ओमान, २२ सेप्टेम्बरमा क्यानडा र २४ सेप्टेम्बरमा ओमानसँग खेल्ने तालिका छ ।


त्यसपछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी–२० आई सिरिज पनि हुनेछ । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजमा २८ सेप्टेम्बरमा क्यानडा, २९ मा ओमान, १ अक्टोबरमा क्यानडा र २ अक्टोबरमा ओमानसँग खेल्नेछ ।

क्यानको वार्षिक क्यालेन्डर अनुसार सेप्टेम्बरमा क्यानडासँग दुई ओडीआई खेलको सिरिज खेल्ने तालिका छ । तर हालसम्म भने उक्त सिरिज खेल्ने टुङ्गो भएको छैन । क्यानका अनुसार उक्त विषयमा छलफल भएपनि कुन टोलीसँग खेल्ने त्यो भने टुङ्गो लाग्न बाँकी छ । नेपालले उक्त सिरिज खेलेर अमेरिका जानेछ ।

नेपाल,अमेरिका र स्कटल्यान्डबीच लिग–२ मा प्रेरिरी भ्यू ह्युस्टनमा अर्को महिना हुनेछ । नेपालले २७ अक्टोबरमा अमेरिकासँग खेल्नेछ । दोस्रो खेल स्कटल्यान्डसँग २९ अक्टोबरमा र तेस्रो खेल २ नोभेम्बरमा अमेरिकासँग खेल्नेछ । त्यस्तै ४ नोभेम्बरमा स्कटल्यान्डसँग खेल्नेछ । त्यसपछि यी तीन टोलीबीच टी–२० सिरिज हुनेछ ।

२०२६ डिसेम्बरसम्म चल्ने लिग-२ मा नेपाल ४ खेलमा १ मा जितसहित सातौं स्थानमा छ । आठ टोली सहभागी लिग-२ का शीर्ष चार टोलीले सोझै एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछन् । शीर्ष चारमा पर्न नसक्नेले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव