२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपालले लिग–२ अघि क्यानडामा एक अभ्यास खेल खेल्ने

२०८१, २८ भाद्र शुक्रबार ०६:५६

भदौ २८,  काठमाडौँ ।  नेपाली क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अघि क्यानडामा एक अभ्यास खेल खेल्ने पक्का भएको छ । नेपाली क्रिकेट टोलीले क्यानडा डेभलपमेन्ट टोलीसँग पक्का भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

उक्त खेल शनिबार राती ७:४५ मा प्रतिस्पर्धा गर्नेछ । क्यानडा टोलीमा नपरेका अन्य उत्कृष्ट खेलाडीहरुले उक्त खेल खेल्ने बुझिएको छ ।

नेपाली टोली मंगलबार राती क्यानडा गएको थियो । लिग–२ मा नेपाल, क्यानडा र ओमानबीच प्रतिस्पर्धा हुनेछ । नेपालले पहिलो खेल लिग–२ मा क्यानडासँग १६ सेप्टेम्बरमा खेल्नेछ । त्यसपछि १८ सेप्टेम्बरमा ओमान, २२ सेप्टेम्बरमा क्यानडा र २४ सेप्टेम्बरमा ओमानसँग खेल्ने तालिका छ ।


त्यसपछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी–२० आई सिरिज पनि हुनेछ । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजमा २८ सेप्टेम्बरमा क्यानडा, २९ मा ओमान, १ अक्टोबरमा क्यानडा र २ अक्टोबरमा ओमानसँग खेल्नेछ ।

क्यानको वार्षिक क्यालेन्डर अनुसार सेप्टेम्बरमा क्यानडासँग दुई ओडीआई खेलको सिरिज खेल्ने तालिका छ । तर हालसम्म भने उक्त सिरिज खेल्ने टुङ्गो भएको छैन । क्यानका अनुसार उक्त विषयमा छलफल भएपनि कुन टोलीसँग खेल्ने त्यो भने टुङ्गो लाग्न बाँकी छ । नेपालले उक्त सिरिज खेलेर अमेरिका जानेछ ।

नेपाल,अमेरिका र स्कटल्यान्डबीच लिग–२ मा प्रेरिरी भ्यू ह्युस्टनमा अर्को महिना हुनेछ । नेपालले २७ अक्टोबरमा अमेरिकासँग खेल्नेछ । दोस्रो खेल स्कटल्यान्डसँग २९ अक्टोबरमा र तेस्रो खेल २ नोभेम्बरमा अमेरिकासँग खेल्नेछ । त्यस्तै ४ नोभेम्बरमा स्कटल्यान्डसँग खेल्नेछ । त्यसपछि यी तीन टोलीबीच टी–२० सिरिज हुनेछ ।

२०२६ डिसेम्बरसम्म चल्ने लिग-२ मा नेपाल ४ खेलमा १ मा जितसहित सातौं स्थानमा छ । आठ टोली सहभागी लिग-२ का शीर्ष चार टोलीले सोझै एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछन् । शीर्ष चारमा पर्न नसक्नेले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन