१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आमासहित काठमाडौंबाट फर्किँदै थिइन् भुपेन्द्रा, घर टेक्नै नपाई दुर्घटनामा दुवैजना बिते

२८ भाद्र २०८१, शुक्रबार ०७:३३

भदौ २८, काठमाडौँ । बागलुङमा शुक्रबार बिहान भएको जीप दुर्घटनामा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्र बुढा र उनकी आमाले पनि ज्यान गुमाएका छन् ।

मध्यपहाडी लोकमार्गमा गाउँपालिकाको जीप दुर्घटना भएर तीन सय मिटर तल खस्दा उपाध्यक्ष भुपेन्द्रा बुढा र उनकी ६१ वर्षीया आमा गोपीमायाको पनि ज्यान गएको हो ।


प्रहरीका अनुसार शुक्रबार बिहान पौने ९ बजे गलकोट नगरपालिका वडा नम्बर-२ स्थित भुँखानीमा रा १ झ २०० नम्बरको पिकअप सडकबाट ३ सय मिटर तल झरेर दुर्घटना भएको हो ।

उक्त पिकपअप भ्यान काठमाडौंबाट रुकुम पूर्व गइरहेको थियो । दुर्घटनास्थलबाट प्रहरीले एकजनालाई उद्धार गरेको छ । ती घाइतेलाई उपचारका लागि बागलुङ बजारस्थित धौलागिरि अस्पतालमा पठाइएको छ ।

उक्त दुर्घटनामा आमाछोरीसहित तीन जनाको ज्यान गएको छ । मृतक एकजना पुरुषको सनाखत हुन नसकेको प्रहरी निरीक्षक प्रताप पौडेलले बताए ।

आमालाई पशुपति दर्शन गराएकी थिइन्

गाउँपालिकाउपाध्यक्ष भुपेन्द्राले पाँच दिनअघि मात्रै आमालाई पशुपतिनाथको दर्शन गराएकी थिइन् । उनले बुवा बितेपछि एक्लै परेकी आमालाई काठमाडौं घुमाउन ल्याएकी थिइन् ।

पशुपति परिसरस्थित बागमती नदी क्षेत्रमा उनले आमालाई घुमाएको भिडियो भुपेन्द्राले सामाजिक सञ्जालमा राखेकी छन् । त्यसैगरी उनले आमालाई वसन्तपुरसहितका स्थानमा पनि घुमाएकी थिइन् ।

सात वर्षअघि नै बुवालाई गुमाएकी उनले आमा नै आफ्ना लागि सबथोक भएको बताउने गरेकी थिइन् ।

पाँच दिनअघि उनले आमालाई पशुपतिनाथ क्षेत्रमा घुमाइरहेको भिडियोमा प्रशंसासहितको गीत पनि राखेकी थिइन् ।

जसमा भनिएको थियो, ‘एक्लै धर्ती टेकायौ आमा, संसार देखायौ, आमा तिम्ले बोल्न सिकायौ, आमा चल्न सिकायौ…’

भुपेन्द्राले फेसबुकमा राखेको पोस्टअनुसार उनी आमाको खुट्टामा समस्या थियो । उनले आमालाई उपचारका लागि अस्पतालमा पनि राखेकी थिइन् । उपचारपछि उनले आमालाई साथमै लिएर पालिका फर्किने क्रममा दुर्घटनामा परेकी हुन् ।

७ वर्षअघि नै बुवालाई गुमाइसकेकी उनले ६१ वर्षीय आमाको स्याहारदेखि हेरचाह आफैं गर्दै आएकी थिइन् । तर उनीहरू दुवैजना काठमाडौंबाट फर्किने क्रममा घर टेक्नै नपाई दुर्घटनामा एकसाथ बितेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव