१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

किन आउँदै छन् डली चायवाला नेपाल ?

२८ भाद्र २०८१, शुक्रबार ०७:४९

भदौ २८, काठमाडौँ । भारतको नागपुरस्थित सडकमा चिया बेच्ने डली चायवाला (सुनिल पाटिल) हाल सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय मिडियासम्म चर्चामा छन्। बिल गेट्सलाई चिया खुवाएको फोटो र भिडियो भाइरल भएपछि उनी विश्वभर चर्चित बनेका हुन्।

अब, उनी नेपाल भ्रमणका लागि आउँदै छन्। भदौ ३१ गते नेपाल आउन लागेको उनले एक भिडियो सन्देश मार्फत् जनाएका छन्। झापाको भद्रपुरस्थित ग्लोबल इनोभेसन पार्टनर कन्सल्टेन्सीले उनलाई नेपाल ल्याउन लागेको हो। कन्सल्टेन्सीका प्रतिनिधि आरिफ अलीका अनुसार डली चायवाला झापामा एक पडकास्टको अतिथिका रुपमा सहभागिता जनाउनेछन्।


असोज १ गते उनी भद्रपुर हुँदै काठमाडौं आउनेछन्। काठमाडौंमा उनले शैक्षिक परामर्शदाता संस्थासँग भेटघाट गर्ने र पर्वतीय उडान पनि भर्ने कार्यक्रम रहेको छ। उनको बसाइ पाँचतारे सोल्टी होटलमा हुनेछ।

डलीको भ्रमणलाई नेपालमा पर्यटन प्रवर्द्धनको एक महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। अलीका अनुसार, डली चायवालाको भाइरल छविलाई नेपालको पर्यटनको हितमा प्रयोग गर्ने योजना छ। पोखरामा तीन दिने भ्रमण पनि उनको तालिकामा समावेश छ।

डली चायवाला आफ्ना दुई अंगरक्षक, म्यानेजरसहित पाँच जनाको टोलीमा नेपाल आउने भएका छन्। भारतमा हालै सम्पन्न जी-सेभेन बैठकमा बिल गेट्ससँगको भेटपछि चर्चित बनेका पाटिल विभिन्न ब्राण्डहरूसँग आबद्ध हुँदै अन्तर्राष्ट्रिय भ्रमणमा व्यस्त छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव