२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

किन आउँदै छन् डली चायवाला नेपाल ?

२०८१, २८ भाद्र शुक्रबार ०७:४९

भदौ २८, काठमाडौँ । भारतको नागपुरस्थित सडकमा चिया बेच्ने डली चायवाला (सुनिल पाटिल) हाल सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय मिडियासम्म चर्चामा छन्। बिल गेट्सलाई चिया खुवाएको फोटो र भिडियो भाइरल भएपछि उनी विश्वभर चर्चित बनेका हुन्।

अब, उनी नेपाल भ्रमणका लागि आउँदै छन्। भदौ ३१ गते नेपाल आउन लागेको उनले एक भिडियो सन्देश मार्फत् जनाएका छन्। झापाको भद्रपुरस्थित ग्लोबल इनोभेसन पार्टनर कन्सल्टेन्सीले उनलाई नेपाल ल्याउन लागेको हो। कन्सल्टेन्सीका प्रतिनिधि आरिफ अलीका अनुसार डली चायवाला झापामा एक पडकास्टको अतिथिका रुपमा सहभागिता जनाउनेछन्।


असोज १ गते उनी भद्रपुर हुँदै काठमाडौं आउनेछन्। काठमाडौंमा उनले शैक्षिक परामर्शदाता संस्थासँग भेटघाट गर्ने र पर्वतीय उडान पनि भर्ने कार्यक्रम रहेको छ। उनको बसाइ पाँचतारे सोल्टी होटलमा हुनेछ।

डलीको भ्रमणलाई नेपालमा पर्यटन प्रवर्द्धनको एक महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। अलीका अनुसार, डली चायवालाको भाइरल छविलाई नेपालको पर्यटनको हितमा प्रयोग गर्ने योजना छ। पोखरामा तीन दिने भ्रमण पनि उनको तालिकामा समावेश छ।

डली चायवाला आफ्ना दुई अंगरक्षक, म्यानेजरसहित पाँच जनाको टोलीमा नेपाल आउने भएका छन्। भारतमा हालै सम्पन्न जी-सेभेन बैठकमा बिल गेट्ससँगको भेटपछि चर्चित बनेका पाटिल विभिन्न ब्राण्डहरूसँग आबद्ध हुँदै अन्तर्राष्ट्रिय भ्रमणमा व्यस्त छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल