२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बागलुङ दुर्घटना: तीन जनाकै शव पहिचान

२८ भाद्र २०८१, शुक्रबार १०:०४

भदौ २८, काठमाडौँ । बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा शुक्रबार बिहान भएको जिप दुर्घटनामा परेर ज्यान गुमाउनेहरूको पहिचान खुलेको छ।

रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा, उपाध्यक्ष भुपेन्द्राकी आमा गोपीमाया बुढा र वडा नम्बर २ का अध्यक्ष जस बहादुर श्रीपालीको निधन भएको हो। 


रुकुमुपूर्वका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माका अनुसार, तीन जनाकै शव पहिचान भएको हो।

उनीहरू शुक्रबार काठमाडौँबाट रुकुमपूर्वका लागि हिँडेका थिए। सोही क्रममा गलकोट–२ भुङ्खानी भन्ने ठाउँबाट उनीहरू सवार गाडी लगभग ३ सय मिटर तल झरेको थियो। 

दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै ज्यान गएको थियो। गाडीमा जम्मा ४ जना सवार थिए। 

चालक २९ वर्षीय प्रेम पुन भने घाइते भएका छन्। उनको धवलागिरी अस्पतालमा उपचार भइरहेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव