२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बलियो र निर्णायक राष्ट्रिय शक्ति बन्नका लागि यस्ता छन् एमालेका १८ बुँदे कार्य योजना

२८ भाद्र २०८१, शुक्रबार ११:३६

भदौ २८, काठमाडौँ । नेकपा एमालेले पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न र मिसन ८४ सफल पार्नका लागि १८ बुँदे वार्षिक कार्ययोजना बनाएको छ । केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले महासचिव शंकर पोखरेलले प्रस्ताव गरेको कार्ययोजनालाई पारित गरेको हो ।

बैठकपछि पत्रकार सम्मेलनमा निर्णय जानकारी गराउँदै महासचिव पोखरेलले बलियो राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्य योजनामा १८ वटा विषय समेटिएको जानकारी दिए । वार्षिक कार्य योजनाबमोजिम अब पार्टीका सबै कमिटीहरू परिचालन हुने पोखरेलले बताए ।


वार्षिक कार्ययोजनामा सदस्यता नवीकरण र विस्तारदेखि ४० वर्ष मुनिका युवाहरूको शिखर सम्मेलन आयोजनासम्मका विषय समेटिएका छन् । त्यस्तै एमालेले पार्टीका सबै सदस्यले हरेक वर्ष कम्तीमा एउटा कक्षा लिनैपर्ने योजना तय गरेको छ ।

यस्ता छन् १८ बुँदे कार्य योजना

१: सदस्यता नवीकरण, विस्तार र अभिलेखीकरण ।

२: नियमित अधिवेशन आयोजना र व्यवस्थापन (कात्तिकभित्र बाँकी जिल्ला कमिटी र मंसिरभित्र सबै कमिटीको अधिवेशन आयोजना गरिसक्ने)।

३: अरु पार्टीबाट प्रवेश गरेका तथा अधिवेशनहरुमा पराजित भएका नेता कार्यकर्तालाई ३ महिनाभित्र यथोचित जिम्मेवारी दिइसक्ने ।

४: कार्यकर्ताको कामको मूल्यांकन गर्ने विधि बसाल्ने ।

५: पार्टी कमिटी परिचालन र अन्तरविरोध व्यवस्थापनको प्रणाली बसाउने ।

६: पार्टी स्कूल सञ्चालनलाई अभियानको रूपमा चलाउने । प्रत्येक वर्ष पार्टीका सबै सदस्य कुनै न कुनै स्कूलमा भाग लिनैपर्ने ।

७: सरकार र जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउने । जनप्रतिनिधिहरूको कामको मूल्यांकन गर्दै जनतामा आफूले गरेका कामको जानकारी गराउने ।

८: पार्टी कार्यालयहरूको प्रभावकारी व्यवस्थपन गर्ने । केन्द्रदेखि वडासम्मै कार्यालयहरू सञ्चालनको मोडालिटी बनाउने ।

९: पार्टी प्रचारको परम्परागत ढाँचामा सोसल मिडिया अनिवार्य जोड्ने । हरेक कमिटीले प्रचार व्यवस्थित गर्ने सन्दर्भमा सोसल मिडिया नेटवर्किङ गर्ने ।

१०: कामका नयाँ क्षेत्र पहिचान गर्ने र जिम्मेवारी नपाएकालाई ती नयाँ क्षेत्रमा परिचालन गर्ने ।

११: हरेक कमिटीले वार्षिक बजेट तयार पार्ने । त्यस अनुसार स्रोत परिचालन तथा आम्दानी र खर्चको व्यवस्थापन गर्ने ।

१२: पार्टी जीवनको शुद्धीकरण र सुदृढीकरणलाई अभियानका रुपमा लैजाने ।

१३: बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माण तथा मिसन ८४ मा कसरी बहुमत प्राप्त गर्ने भन्ने योजनासहित सबै कमिटीले योजना बनाउने । नयाँ पुस्तामा पार्टी कामको विस्तार तथा जनसम्बन्ध विकासमा जनसंगठन परिचालन गर्ने ।

१४: प्रवासमा रहेका प्रवासीबीचको कामलाई देश हितको पक्षमा परिचालन गर्ने ।

१५: पार्टीको आफ्नै केन्द्रीय कार्यालय भवन निर्माण गर्ने ।

१६: नेकपा स्थापनाको ७५ वर्षको अवसरमा अघि सारिएका र सम्पन्न हुन बाँकी सबै काम सम्पन्न गर्ने ।

१७: पार्टीमा नियमित रिपोर्टिङ प्रणाली व्यवस्थित गर्ने ।

१८: पार्टीको आयोजनामा ४० वर्षमुनिका युवाको ‘युथ समिट’ आयोजना गर्ने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता