2026-09-08 12:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

आगलागीका घटना धेरै हुन नदिन अग्नि नियन्त्रण तालिम सम्पन

जीवराज बख्रेल । वैशाख १७, हेटौंडा । गर्मी मौसममा आगलागीका घटनाहरु धेरै
हुने गरेको अवस्थालाई मध्यनजर गर्दै हेटौँडा उपमहानगरपालिकाले सञ्चालिन गरिएको पाँचदिने क्षत्रीय स्तरको
आधारभुत अग्नि नियन्त्रण तालिम आज समापन भएको छ ।

अग्नि
नियन्त्रण सम्बन्धी नयाँ प्रविधिको ज्ञान, वारुणयन्त्रका कर्मचारीहरूको क्षमता अभिवृद्धि साथै आगलागीबाट
धनजनको क्षति कम गराउन सघाउ पुर्याउने उद्देश्यका साथ नारायणी र जनकपुर अञ्चलका नौ वटा नगरपालिकाको
अग्नि नियन्त्रण शाखामा काम गर्ने १७ जना कर्मचारीको लागि सोमबारबाट हेटौँडामा तालिम सुरु भएको थियो ।
हेटौँडा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत सुदेवकुमार पोखरेलको अध्यक्षतामा तालिमको समापन
भएको थियो । पोखरेले पछिल्लो समय आगलागीका घटनामा अत्यन्तै वृद्धि भइरहेकाले त्यसको नियन्त्रण र घटना
हुँदाको समयमा गर्नुपर्ने उद्धारका लागि यस्तो किसिमको तालिमले महत्वपूर्ण भुमिकाका खेल्ने बताउनु साथै
आफू बचेर अरुलाई बचाउने कार्यमा लाग्नको निम्ति कर्मचारीलाई अनुरोध समेत गर्नु भएको छ ।

उहाले मकवानपुर जिल्ला आगालागि नियन्त्रण गर्नको लागि एक मात्र एन्त्र भएकोले
समस्या रहेको र आवश्यकतालाई परिपूर्ति गर्नको लागि सक्दो पहल गरिरहेको बताउनु भयो । स्थानीय शासन तथा
सामुदायिक विकास कार्यक्रम अन्तर्गत नगरपालिकाले आधारभुत अग्नि नियन्त्रण तालिम दिएको नगरपालिकाका
प्रशासन महाशाखा प्रमुख शंकर उपाध्यायले जानकारी दिनु भयो । तालिममा जुद्ध वारुणयन्त्र कार्यालय
काठमाण्डौँका स्रोतव्यक्ति किशोर भट्टराईले सहजीकरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल