कात्तिक १९, ललितपुर | भूकम्प गएको १५ महिना वितिसक्दा पनि उपत्यकाका तीनवटा जिल्ला (ललितपुर, भक्तपुर र काठमाण्डौ) को पुनर्निर्माणको कार्यमा सरकारले चासो नदिएकोमा य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १९, ललितपुर | भूकम्प गएको १५ महिना वितिसक्दा पनि उपत्यकाका तीनवटा जिल्ला (ललितपुर, भक्तपुर र काठमाण्डौ) को पुनर्निर्माणको कार्यमा सरकारले चासो नदिएकोमा य"/>
2026-09-08 12:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

युवाहरुद्वारा उपत्यकाको पुनर्निर्माणमा सरकारले चासो नदिएको गुनासो

कात्तिक १९, ललितपुर | भूकम्प गएको १५ महिना वितिसक्दा पनि उपत्यकाका तीनवटा जिल्ला (ललितपुर, भक्तपुर र काठमाण्डौ) को पुनर्निर्माणको कार्यमा सरकारले चासो नदिएकोमा युवाहरुले गुनासो गरेका छन । राष्ट्रिय युवा पुनर्निर्माण संजालले एक्सनएड नेपाल र होमनेट नेपालसँगको सहकार्यमा ललितपुरस्थित वडीखेलमा आयोजना गरिएको “युवा र पुनर्निर्माण” विषयक अन्तरकृया कार्यक्रममा युवाहरुले उक्त कुरा वताएका हुन । 

कार्यक्रममा पुनर्निर्माण संजालका संयोजक तथा युथ एडभोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले भने “सरकारले काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्लालाई भूकम्पवाट अतिप्रभावित जिल्लाकोको रुपमा किटान गरेको भए पनि अन्य भुकम्प प्रभावित ११ जिल्लाको तुलनामा पुर्णरुपले वेवस्था गरेको छ” । भुकम्प गएको यती समय वितिसक्दा पनि उपत्यकाका जिल्लाहरुमा  भूकम्पवाट श्रृजना भएको भौतिक क्षतीको सर्वेक्षणमात्र हुनु दुखत भएको खतिवडाले वताए । सर्वेक्षण अनुसार लाभग्राहीको सुचीमा परेका घर धनीहरुसँग अविलम्व अनुदान सम्झौता गरी उनीहरुलाई राहत प्रदान गर्नु पर्ने उनको जोड थियो ।  अर्को एक प्रसङ्गमा पुनर्निर्माणलाई भौतिक दृष्टिकोणवाट मात्र नहेरी आर्थिक, सामाजिक एवं सास्कृतिक दृटिकोणवाट पनि विश्लेषण गर्नु पर्नेमा खतिवडाको जोड थियो । 

कार्यक्रममा युवा अधिकारकर्मी राज कुमार उप्रतीले पुनर्निर्माणको समग्र प्रकृयामा युवाहरुले नेतृत्व गर्नु पर्ने वताए । युवाहरुको रचनात्मक हस्तक्षेप विना पुनर्निर्माणले गति लिन नसक्ने उप्रतीको जिकिर थियो । 

पुनर्निर्माणको प्रकृयामा महिलाहरुको अर्थपुर्ण सहभागिता सुनिश्चित गर्नु पर्नेमा युथ एड्भोकेसी नेपालकी कोशाध्यक्ष गीता चौधरीको जोड थियो ।  

कार्यक्रममा ललितपुरस्थित वडीखेलका युवाहरुले पुनर्निर्माणको ढिला सुस्ती सँगै भुकम्पका कारणले श्रृजना भएको विभिन्न समस्याहरुको विषयमा चर्चा गरेका थिए । सरकारले अविलम्व ललितपुरमा पुनर्निर्माणको कार्य सुचारुगरी देखा परेका समस्या सामधान गर्नु पर्नेमा उनिहरुको जोड थियो । 

कार्यक्रमको अन्त्यमा समग्र पुनर्निर्माणको प्रकृयामा योगदान गर्न, पारदर्सिता र जवाफदेहीताका लागि खवरदारी गर्न र समुदायको नेर्तत्वमा पुनर्निर्माण प्रकृयालाई गति दिने उदेश्यले ५ सदस्यिय युवा पुर्निर्माण संजाल, लिलितपुर गठन गरिएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रमा आवद्ध अल्पसंख्यक तथा सिमान्तकृत “पहारी” समुदायका युवाहरुको उल्लेखनिय सहभागिता थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल