१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ सेवा समाज बेलायतले सातवटा एम्बुलेन्स दिने

२१ कार्तिक २०७३, आईतवार ०१:३०

कार्तिक २१, खोटाङ । खोटाङ सेवा समाज बेलायतले गृह जिल्ला खोटाङलाई सातवटा एम्बुलेन्स उपलब्ध गराउने भएको छ । सन् २००७ मा बेलायतमा स्थापना गरिएको समाजले दुई प्राथमिक स्वास्थ्य केन्द्र र पाँच स्वास्थ्यचौकीका लागि सातवटा एम्बुलेन्स उपलब्ध गराउने भएको हो । 

खोटाङ सेवा समाज युके एम्बुलेन्स समन्वय समितिका काठमाडौँ संयोजक जयकुमार राईले शुक्रबार स्थानीय शान्ति समितिको कार्यालयमा आयोजित सर्वदलीय बैठकमा सातवटा एम्बुलेन्स दिने तयारी भइसकेको जानकारी दिनुभयो । जिल्लाका बिरामीलाई तत्काल अस्पतालसम्म पु¥याउने र उनीहरुको ज्यान बचाउका लागि एम्बुलेन्सको व्यवस्था मिलाउने तयारी गरिएको समाजले जनाएको छ । 

चिसापानी, डाँडागाउँ र बाक्सिलाका लागि गत वर्ष नै एम्बुलेन्स खरिद गरेको समाजले यसपल्ट थप सिम्पानी, निर्मलीडाँडा, बुइपा र ऐँसेलुखर्कका लागि एम्बुलेन्स खरिद गर्न रकम सङ्कलन भइरहेको संयोजक राईले जानकारी दिनुभयो । निःस्वार्थ र सामाजिक सेवाभावले स्थापना गरिएको समाजले एम्बुलेन्स जुटाउनका लागि युकेमा रत्नकुमार राईको संयोजकत्वमा एम्बुलेन्स समन्वय समिति गठन गरिएको छ । 

दिक्तेल–चखेवा सडक छ महिनापछि पुनः सञ्चालन 

यसैगरी मध्य पहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवा सडक छ महिनापछि सञ्चालनमा आएको छ । बर्सातको पानीले गत जेठ दोस्रो हप्तादेखि अवरुद्ध सडक मर्मतपछि सञ्चालनमा ल्याइएको हो । 

यात्रुको समस्यालाई दृष्टिगत गर्दै दिक्तेलदेखि चखेवासम्म करिब ४६ किलोमिटर सडक मर्मतपछि सञ्चालनमा ल्याइएको यातायात व्यवसायी सङ्घ खोटाङका सचिव रामकुमार हिङ्माङले जानकारी दिनुभयो । लामो समयसम्म अवरुद्ध सडक सञ्चालनमा आएपछि दिक्तेलबाट चखेवासम्म नियमित यातायात सेवासमेत सञ्चालन गरिएको छ । 

कालोपत्रको काम सुरु गरिएको दिक्तेल–चखेवा सडक तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौताका साथ काम भइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव