३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुरको ‘गाउँ जागरण अभियान’ को पहिलो श्रृखंला सम्पन्न

२६ बैशाख २०७३, आईतवार १४:४७

बैशाख २६, मकवानपुर
प्रगतिशील लेखक संघ मकवानपुरको ूगाउँ जागरण अभियानू २०७३ को पहिलो श्रृखंला आज श्री
राष्ट्रिय मावि सुनाचुरीमा सम्पन्न भएको छ ।

सहरकेन्द्रित
कार्यक्रमले गाउँ र जनताका आवाज समेट्न नसकेको ठहर गर्दै प्रत्येक महिनाको १ दिन गाउँ र त्यहाँका जनआवाज
समेट्न प्रलेस मकवानपुरले यस्तो कार्यक्रम थालनी गरेको संघका सचिव सुनील गौतमले बताउनु भयो । कोठे
साहित्यले वास्तविक अग्रगमन नलिने र जनजागरण नगर्ने भएकाले यो वर्षबाट नयाँ गठीत कार्यसमितिले यो
कार्यक्रम शुरुवात गरेको अध्यक्ष पुरुषोत्तम आचार्यले जानकारी दिनुभयो ।

makwanpur sajha sabal

पुरुषोत्तम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा संथापक अध्यक्ष एवम् बुद्दिजीवि डा। सम्राट
तुम्वाहाङ्फेको प्रमुख आतिथ्यता रहेको थियो । संस्थापक सचिव एवम् बरिष्ठ साहित्यकार आर आर चौलागाई र
अग्रज पत्रकार सञ्चारकर्मी कौशल पाण्डेको विशेष आतिथ्यता रहेको कार्यक्रममा नेपाल बसोवास संरक्षण समाज
मकवानपुरका अध्यक्ष कमलचन्द्र सुमन, राष्ट्रीय मावि सुनाचुरीका प्रधानाध्यापक युवराज शर्मा लगायतले
मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

संघका सचिव सुनील गौतमले सञ्चालन गर्नुभएको कार्यक्रममा, उपाध्यक्ष पूर्णकला घिमिरे र सि एम
रिमाल, कोषाध्यक्ष नानीमायाँ बिष्ट, सहसचिव शान्तिप्रिय बन्दना, सदस्य विशाल अधिकारी आशुतोष,
सञ्चारकर्मी शुभलक्षमी प्रभा तथा विद्धार्थीहरुले रचना बाचन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’