११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

कुष्माण्ड नवमी मेलाको सम्पूर्ण तयारी पूरा

२१ कार्तिक २०७३, आईतवार ११:१५

कात्तिक २१, मकवानपुर । हेटौँडाको कुष्माण्ड सरोबर त्रिबेणीधाममा हरेक वर्ष लाग्ने कुष्माण्ड नवमी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । 

यही कार्तिक २४ गते बुधबारका दिन परेको यसवर्षको मेलामा  एक सय आठ धारामा स्नान तथा कुभिन्डो दान गर्न चाहने भक्तजनहरुका लागि विशेष व्यवस्थापन गरिएको समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।  

तयारी स्वरुप आज स्थानीय स्वयंसेवक तथा टोलबासीबाट सरसफाइ तथा रंगरोगनको काम सम्पन्न गरिएको छ । यसैगरी प्रचारप्रसारको काम स्वरुप आजै माइकिङको काम पनि गरिएको छ । भोलि पनि नेपाली सेनाको टोलीले अन्य कामको लागि सहयोग गर्ने अध्यक्ष न्यौपानेले बताउनुभयो । 

नेपालमा एकमात्र यस स्थानमा लाग्ने कुष्माण्ड नवमी मेलाको विशेष महत्व रहेकोले सो दिन कुभिन्डोमा सुनको प्रतिमा राखेर दान गरेमा पृथ्वी दान गरे बराबरको पुण्य प्राप्त हुने धामका मूल पण्डित देवी प्रसाद कोइरालाले बताउनुभयो । 

यस वर्ष विगतका वर्षहरुको भन्दा फरक आकर्षणका रुपमा कुष्माण्ड सरोबरको निर्माण भएको छ भने अन्य विकास काम हरु पनि तिब्र रुपमा अगाडि बढिरहेको छ । यस वर्ष पनि मेलामा हजारौँ भक्तजनहरुको सहभागिता रहने त्रिबेणीधाम विकास समितले अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि