१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा डेङ्गु रोगको सङ्क्रमण घट्यो, ५१९ जनामा डेङ्गु

२२ कार्तिक २०७३, सोमबार ०९:१७

कात्तिक २२, चितवन । चितवनमा प्रकोपका रुपमा फैलिएको डेङ्गु रोगको सङ्क्रमण घट्दै गएको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार भदौ असोजमा भन्दा अहिले सङ्क्रमण दर घट्न थालेको हो । 

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक रामकुमार केसीले कात्तिकको दोस्रो सातादेखि सङ्क्रमण दरमा न्यूनीकरण भएको बताउनुभयो । तर पनि डेङ्गुका बिरामी भेटिने क्रम रोकिएको छैन, सचेतनामा स्थानीयवासीले ध्यान दिन जरुरी छ, केसीले भन्नुभयो । 

अहिले डेङ्गु फैलने मौसम पनि सकिन लागेको र लामो समयदेखि वर्षा रोकिएकाले भाँडामा पानी जम्ने क्रमसमेत रोकिँदा डेङ्गु घट्न थालेको हो । जाडो मौसममा डेङ्गु सङ्क्रमण न्यून हुन्छ । 

मुख्यगरी भाँडामा जमेको सफा पानीमा लामखुट्टेका लार्भा हुर्कने गर्छन् । भाँडामा पानी जम्न नदिए डेङ्गु सङ्क्रमणमा आफैँ न्यूनीकरण हुने चिकित्सकले बताएका छन् । 

जिल्लामा भदौ महिनादेखि कात्तिकको अहिलेसम्म ५१९ जनामा डेङ्गु रोग लागेको जनस्वास्थ्य कार्यालय चितवनले पुष्टि गरेको छ । तीमध्ये ७० देखि ८० प्रतिशत सङ्क्रमण रत्ननगर नगरपालिकामा छ । रत्ननगर बकुलहर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण पौडेलले विगतमा भन्दा अहिले अस्पतालमा डेङ्गुका बिरामी घटेको बताउनुभयो । 

पहिले आएका बिरामीमध्ये अधिकांश डेङ्गुका हुन्थे, डा पौडेलले भन्नुभयो – “अहिले बिरामी घटेका छन् । यसअघि भरतपुर र रत्ननगरको बजार क्षेत्रमा २० हजार घर अनुगमन गर्दा ८०२ घरमा डेङ्गु पोजेटिभ पाइएको थियो ।” 

एडिस एजेप्टाई जातको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा डेङ्गु सर्छ । यो लामखुट्टेले भाँडामा जमेको सफा पानीमा लार्भा हुर्काउँछ । 

लामखुट्टेको टोकाइबाट बच्न सके रोग लाग्नबाट जोगिन सकिने छ । भाँडामा एक हप्तासम्म पानी जन्म नदिन चिकित्सकले स्थानीयवासीलाई सल्लाह दिएका छन् । ज्वरो देखिए चिकित्सकको सल्लाहमा औषधि लिनसमेत भनिएको छ । 

जनस्वास्थ्य कार्यालय चितवनले जिल्लामा सचेतनामूलक कार्यक्रमलाई समेत जोड दिएको सूचना अधिकारी नरहरि शर्मा बताउनुहुन्छ । यो वर्ष नेपालमा १३ जिल्लामा डेङ्गु देखिएको छ । यसको खास उपचार पत्ता नलागेकाले लक्षणका आधारमा औषधि दिने गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव