१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

वीरगन्जकी पत्रकारले हेटौंडाको मानवसेवा आश्रममा मनाइन् आफ्नो जन्मोत्सव

२२ कार्तिक २०७३, सोमबार १२:२०

कात्तिक २२, हेटौंडा । वीरगन्जकी एकजना पत्रकार महिलाले आफनो ३९ औं जन्मोत्सव हेटौंडामा रहेको मानवसेवा आश्रमका अनाथ बालबालिकाहरुसं मनाउनु भएको छ । रेडियो वीरगन्जमा कार्यरत महिला पत्रकार मायाँमितु न्यौपानेले आफ्नो जन्मोत्सव मानव सेवा आश्रममा आश्रित २२ जना बालबालिकाहरुका साथमा मनाउनुभएको हो  । आफ्नो जन्मोत्सवको अवसरमा उहाँले आश्रममा आश्रित बालबालिकाहरुलाई एक एक जोर न्यानो कपडा बितरण गर्नुभएको छ  ।

आफूले बर्षभर एक गास कटाएर र बिभिन्न स्थानमा पाउने अतिरिक्त पारिश्रकम तथा दक्षिणाबाट संकलन भएको रकमबाट अनाथ बालबालिकाहरुलाई सहयोग गर्ने गरेको बताउनुभयो । उहाँले आफूले आफ्नो हरेक जन्मोत्सव अनाथहरुका साथमा मनाउने गरेको बताउनुभो । मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै बरिष्ठ समाजसेवी पशुपतिबिक्रम शाहले ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने सोचको बिकास कमी हुदै गइरहेकोमा चिन्ता जनाउनुभयो ।

त्यसरी नै दिब्य सेवा निकेतन हेटौंडाका संचालक केदार न्यौपानले बढ्लिदो परिबेशसंगै छोराछोरीले आमाबुवा बिर्सने खतरा बढ्दै गएकोमा चिन्ता जनाउनुभयो । कार्यक्रममा पत्रकार धुब्र अधिकारी,समाजसेवी उषा शाह,आर्दश दास कमला गिरी लगायतले बोल्नु भएको थियो । मानवसेवा आश्रमको सबै शाखामा हाल १ सय ६६ जना बालबालिका तथा ज्येष्ठ नागरिकहरु आश्रित रहेको मानव सेवा आश्रमका प्रमुख रामजी अधिकारीले जानकारी दिनुभयो । कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महासंघ पर्सा शाखाका सचिव समेत रहनु भएका रेडियो निकास हेटौंडाका स्टेशन कोर्डिनेटर कृष्णउदास खनालले गर्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव