खकेन्द्र केसी/कात्तिक २३, सल्यान । सल्यानका जिल्ला शिक्षा अधिकारी को होलान ? तपाइ अव जिल्ला शिक्षा कार्यालयको वेवसाइड Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

खकेन्द्र केसी/कात्तिक २३, सल्यान । सल्यानका जिल्ला शिक्षा अधिकारी को होलान ? तपाइ अव जिल्ला शिक्षा कार्यालयको वेवसाइड

२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा सरकारी कार्यालयका वेवसाइड अप्डेट हुदैनन

२०७३, २३ कार्तिक मंगलवार ०९:१३


खकेन्द्र केसी/कात्तिक २३, सल्यान । सल्यानका जिल्ला शिक्षा अधिकारी को होलान ? तपाइ अव जिल्ला शिक्षा कार्यालयको वेवसाइड http://deosalyan.gov.np/ खोल्छु अनी जानकारी लिन्छु भन्नुभयो भने तपाईले खोजेको सहि जानकारी त्यहाँ छैन । 

त्यहाँ त मात्र आज भन्दा २ बर्ष अगाडिका जिल्ला शिक्षा अधिकारी जगन्नाथ उपाध्यायको नाम जिल्ला शिक्षा अधिकारी भनेर आउछ । उनको नाममात्र हैन उनको फोटोपनि उक्त वेवसाइडमा प्रष्टै देखिन्छ ।

उपाध्याय पछि आएका बरखु प्रसाद रजकको नाम वेवसाइटमा चढ्दै चढेन । तर उनैको पालामा सल्यानलाई साक्षर जिल्ला पनि घोषणा गरियो । शिक्षाको क्षेत्रमा गरेका कामहरुको विवरणहरु प्राप्तहुने गरि बनाइएको वेवसाइटमा उनले अनी जिल्ला शिक्षा कार्यालयका कामहरु छदैछैनन । त्यस्तै ३ महिना अगाडि जिल्ला शिक्षा अधिकारीको रुपमा आएका देवी प्रसाद घिमिरेको नाम राख्नेदिन पनि आउदैन होला । कार्यालयको कर्मचारीको अप्डेट नगरेको वेवसाइडमा अरु सूचना र सामाग्री पाइने त कुरै भएन ।


त्यस्तै अर्को अचम्म के छ भने जि.स्वा.का. को नयाँ अप्डेटका लागि वेवसाइट हेर्दै गर्नुहोला भन्नेको जिल्ला स्वास्थ्य कार्यालको वेवसाइडमा पनि ३ बर्ष अगाडिका कार्यालय प्रमुख डाक्टर रामराज पन्थीको नाम राखिएको छ ।

वेवसाइट  (http://dhosalyan.gov.np/np/npjoomla/) खोल्दा कार्यालय प्रमुख भनेर चिनिने डाक्टर रामराज पन्थी पछि डाक्टर श्रीराम तिवारी नै सरुवा भएर अहिले डाक्टर मनिषा रावल छन ।  जुन अप्डेट नगरिएको वेवसाइट छ नयाँ अप्डेटका लागि हेर्दै गर्नुहोला भनिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको अर्को वेवसाइट पनि छ http://dhosalyan.gov.np/np/eng/ त्यसमा अहिलेका कार्यालय प्रमुख डाक्टर मनिषा रावलको नाम भने छ तर झुक्किने गरी २ वटा वेवसाइड संचालनमा नै छन । त्यस्तै जिल्ला वन कार्यालयको वेवसाइड (http://dfosalyan.gov.np/) मा पनि १ महिना विदाइ भएर गएका विद्या नाथ झा कै नाम जिल्ला वन अधिकृतको नाम रहेको छ ।

उता जिल्ला विकास समितिको वेवसाइड http://ddcsalyan.gov.np/ne-staff/  पनि अप्डेट भएको छैन । बाहिर वेवसाइड खोल्ने वित्तिकै दायाँतिर स्थानिय विकास अधिकारी रामचन्द्र पौडेलको नाम त छ तर कर्मचारीको प्रोफाइल खोलेर हेर्दा त्यहाँ ६ महिना भन्दा अगाडि सरुवा भएका हरि प्रसाद दहालको नाम स्थानिय विकास अधिकारी भनेर लेखिएको छ ।


विज्ञान र प्रविधिको विकास भएका बेला वेवसाइड मार्फत कार्यालयका सेवा सूचना दिनलाई बनाइएको वेवसाइड नै अप्डेट भएका छैनन । वेवसाइडका लागि लाखौ रकम खर्च गरिएका भएपनि अप्डेट नगरिएका वेवसाइडहरुले नै कार्यालयका कामको खिल्ली उडाएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला