कात्तिक २९, चितवन । दुर्लभ एकसिङ्गे गैँडा चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गर्दा निकै विरोध खेपेको निकुञ्जले अन्य निकुञ्जबाट दुर्लभ वन्यजन्तु चितवन ल्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २९, चितवन । दुर्लभ एकसिङ्गे गैँडा चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गर्दा निकै विरोध खेपेको निकुञ्जले अन्य निकुञ्जबाट दुर्लभ वन्यजन्तु चितवन ल्"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवन कृष्णसारका लागि उपयुक्त

२९ कार्तिक २०७३, सोमबार ०७:०६


कात्तिक २९, चितवन । दुर्लभ एकसिङ्गे गैँडा चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गर्दा निकै विरोध खेपेको निकुञ्जले अन्य निकुञ्जबाट दुर्लभ वन्यजन्तु चितवन ल्याउने विषयलाई केन्द्रित बनाएर अध्ययन गर्न थालेको छ । 

बाह्रसिङ्गे र अर्नाका लागि खुल्ला खोर बनाउन थालिसकेको छ भने लोपोन्मुख कृष्णसारका लागि पूर्वी चितवनको टिकौलीस्थित पञ्चकन्या सामुदायिक वनको खुल्ला चौर उपयुक्त हुने निकुञ्जको निष्कर्ष छ । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार खुल्ला घाँसे मैदान र ठाउँठाउँमा अग्लो ढिस्को भएको क्षेत्र कृष्णसारका लागि उपयुक्त हुन्छ । हाल बर्दियाको गुलरिया नगरपालिकाको खैरापुरमा रहेको कृष्णसार संरक्षित क्षेत्रमा ३०० भन्दा बढी कृष्णसार रहेका छन् । 

विसं २०७१ सालको बाढीले ४० वटा कृष्णसार बगाएर मरेपछि शुक्लाफाँटामा संरक्षण गरिँदै आएकामा थप कृष्णसार लगिएको थियो । शुक्लाफाँटामा हाल ५० भन्दा वढी कृष्णसार छन् । 

एकैस्थानमा दुर्लभ वन्यजन्तु हुँदा दैवी प्रकोप तथा महामारी रोगबाट एकैपटक ठूलो नोक्सानी हुनसक्ने हुँदा वैकल्पिक वासस्थानको विकासका लागि चितवन उपयुक्त रहेको कँडेलले बताउनुभयो । शुक्लाफाँटामा पनि खुल्ला खोरमा कृष्णसार रहेको भन्दै उहाँले चितवनमा पनि खुल्ला खोरमा राख्न सकिने बताउनुभयो । 

पर्यटकीय दृष्टिले महत्वपूर्ण चितवनमा कृष्णसार संरक्षण गर्न सकेमा पर्यटन प्रवद्र्धनमा समेत थप टेवा पुग्ने पर्यटनकर्मीको भनाइ छ । वन सचिवसहितको मन्त्रालय र विभागको टोलीलाई समेत सो क्षेत्रको ज्ञान भएकाले यहाँका पर्यटन व्यवसायीले यो विषयमा जोड गरेमा चितवनमा कृष्णसार ल्याउन सहज हुने देखिएको छ । 

दुर्लभ एकसिङ्गै गैँडासहितका वन्यजन्तुका कारण चितवन राष्ट्रिय निकुञ्जमा बर्सेनि दुई लाखको हाराहारीमा स्वदेशी एवम् विदेशी पर्यटक आउँछन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो