कात्तिक २९, चितवन । दुर्लभ एकसिङ्गे गैँडा चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गर्दा निकै विरोध खेपेको निकुञ्जले अन्य निकुञ्जबाट दुर्लभ वन्यजन्तु चितवन ल्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २९, चितवन । दुर्लभ एकसिङ्गे गैँडा चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गर्दा निकै विरोध खेपेको निकुञ्जले अन्य निकुञ्जबाट दुर्लभ वन्यजन्तु चितवन ल्"/>

2026-08-31 02:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवन कृष्णसारका लागि उपयुक्त


कात्तिक २९, चितवन । दुर्लभ एकसिङ्गे गैँडा चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गर्दा निकै विरोध खेपेको निकुञ्जले अन्य निकुञ्जबाट दुर्लभ वन्यजन्तु चितवन ल्याउने विषयलाई केन्द्रित बनाएर अध्ययन गर्न थालेको छ । 

बाह्रसिङ्गे र अर्नाका लागि खुल्ला खोर बनाउन थालिसकेको छ भने लोपोन्मुख कृष्णसारका लागि पूर्वी चितवनको टिकौलीस्थित पञ्चकन्या सामुदायिक वनको खुल्ला चौर उपयुक्त हुने निकुञ्जको निष्कर्ष छ । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार खुल्ला घाँसे मैदान र ठाउँठाउँमा अग्लो ढिस्को भएको क्षेत्र कृष्णसारका लागि उपयुक्त हुन्छ । हाल बर्दियाको गुलरिया नगरपालिकाको खैरापुरमा रहेको कृष्णसार संरक्षित क्षेत्रमा ३०० भन्दा बढी कृष्णसार रहेका छन् । 

विसं २०७१ सालको बाढीले ४० वटा कृष्णसार बगाएर मरेपछि शुक्लाफाँटामा संरक्षण गरिँदै आएकामा थप कृष्णसार लगिएको थियो । शुक्लाफाँटामा हाल ५० भन्दा वढी कृष्णसार छन् । 

एकैस्थानमा दुर्लभ वन्यजन्तु हुँदा दैवी प्रकोप तथा महामारी रोगबाट एकैपटक ठूलो नोक्सानी हुनसक्ने हुँदा वैकल्पिक वासस्थानको विकासका लागि चितवन उपयुक्त रहेको कँडेलले बताउनुभयो । शुक्लाफाँटामा पनि खुल्ला खोरमा कृष्णसार रहेको भन्दै उहाँले चितवनमा पनि खुल्ला खोरमा राख्न सकिने बताउनुभयो । 

पर्यटकीय दृष्टिले महत्वपूर्ण चितवनमा कृष्णसार संरक्षण गर्न सकेमा पर्यटन प्रवद्र्धनमा समेत थप टेवा पुग्ने पर्यटनकर्मीको भनाइ छ । वन सचिवसहितको मन्त्रालय र विभागको टोलीलाई समेत सो क्षेत्रको ज्ञान भएकाले यहाँका पर्यटन व्यवसायीले यो विषयमा जोड गरेमा चितवनमा कृष्णसार ल्याउन सहज हुने देखिएको छ । 

दुर्लभ एकसिङ्गै गैँडासहितका वन्यजन्तुका कारण चितवन राष्ट्रिय निकुञ्जमा बर्सेनि दुई लाखको हाराहारीमा स्वदेशी एवम् विदेशी पर्यटक आउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने