९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पढ्न पाउनुपर्ने माग गर्दै बहुमुखी क्याम्पसमा तोडफोड

२९ कार्तिक २०७३, सोमबार ०८:४५

कात्तिक २९, सिन्धुली । सिन्धुलीको पुरानो शैक्षिक संस्था सिन्धुली बहुमुखी क्याम्पसमा आज विद्यार्थीले तोडफोड गरेका छन् । लामो समयदेखि आफूहरुले क्याम्पसमा अध्ययन गर्न नपाएको भन्दै पढ्न पाउनुपर्ने माग गर्दै विद्यार्थीले क्याम्पसमा तोडफोड गरेका हुन् । 

क्याम्पसमा आए पनि सधैँ त्यत्तिकै फर्कंदा आफूहरुको भविष्य अन्धकारतर्फ धकेलिएको भन्दै उनीहरुले क्याम्पसको प्रशासनिक गेटमा लगाएको ताल फोरेका छन् भने क्याम्पसका केही फर्निचरसमेत भाँचिदिएका छन् । 

दसैँ, तिहार र छट बिदापछि कात्तिक २२ गतेबाट क्याम्पस सञ्चालन भए पनि क्याम्पसमा प्राध्यापक नआउने, विद्यार्थी आएर त्यत्तिकै फर्कनुपर्ने समस्या झन्डै छ महिनादेखि रहेको विद्यार्थीको भनाइ छ । 

आफूहरुले क्याम्पसमा नियमित पठनपाठन गर्न पाउनुपर्ने नभए लिएको पैसा क्याम्पसले फिर्ता गर्दै आफूहरुलाई अन्यन्त्रै पढ्न पाउनुपर्ने व्यवस्था गरिदिनुपर्ने विद्यार्थीको माग छ । 

कात्तिक २२ गतेबाट नियमित क्याम्पस खुलेको भए पनि पठनपाठन नहुँदासम्म पनि सम्बन्धित निकाय मौन बसिरहेका छन् । विद्यार्थी सङ्गठनले पनि क्याम्पसमा पठनपाठन नियमित गर्न पहल नगरेको विद्यार्थीको आरोप रहेको छ । 

एक सय विद्यार्थीको हाराहारीमा निक्लिएको जुलुसले क्याम्पसहातामा तोडफोड ग¥यो भने बिपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–९ ढुङ्ग्रेवासमा पढ्न नपाएको झोकमा केहीबेर राजमार्ग अवरुद्ध बनाए । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट गएको प्रहरीको टोलीले उनीहरुलाई तितरवितर पारेपछि राजमार्ग खुलेको थियो । 

क्याम्पसको विधान संशोधन गर्दै प्राध्यापकहरुको उपदान कटौती गर्ने गरी संशोधन गरिएपछि आन्तरिक विवाद र समस्या चुलिएको हो । सिन्धुली बहुमुखी क्याम्पसका २२ जना प्राध्यापकले विधान संशोधन भएको विषयलाई लिएर क्याम्पस प्रमुखको राजीनामा माग गर्दै व्यवस्थापन समितिसमक्ष भदौमा सामूहिक राजीनामा बुझाएको क्याम्पस प्रशासनले जानकारी दिएको छ । 

क्याम्पस प्रमुखले राजीनामा नदिएसम्म प्राध्यापकले पठनपाठन ठप्प पारेपछि क्याम्पस प्रमुख मीमप्रसाद घिमिरेले असोजमा राजीनामा दिएको क्याम्पस प्रशासनको भनाइ छ । क्याम्पस प्रमुखले राजीनामा र प्राध्यापकको राजीनामा दुवै महिनौँसम्म विचाराधीन अवस्थामा छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो