2026-09-08 11:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पढ्न पाउनुपर्ने माग गर्दै बहुमुखी क्याम्पसमा तोडफोड

कात्तिक २९, सिन्धुली । सिन्धुलीको पुरानो शैक्षिक संस्था सिन्धुली बहुमुखी क्याम्पसमा आज विद्यार्थीले तोडफोड गरेका छन् । लामो समयदेखि आफूहरुले क्याम्पसमा अध्ययन गर्न नपाएको भन्दै पढ्न पाउनुपर्ने माग गर्दै विद्यार्थीले क्याम्पसमा तोडफोड गरेका हुन् । 

क्याम्पसमा आए पनि सधैँ त्यत्तिकै फर्कंदा आफूहरुको भविष्य अन्धकारतर्फ धकेलिएको भन्दै उनीहरुले क्याम्पसको प्रशासनिक गेटमा लगाएको ताल फोरेका छन् भने क्याम्पसका केही फर्निचरसमेत भाँचिदिएका छन् । 

दसैँ, तिहार र छट बिदापछि कात्तिक २२ गतेबाट क्याम्पस सञ्चालन भए पनि क्याम्पसमा प्राध्यापक नआउने, विद्यार्थी आएर त्यत्तिकै फर्कनुपर्ने समस्या झन्डै छ महिनादेखि रहेको विद्यार्थीको भनाइ छ । 

आफूहरुले क्याम्पसमा नियमित पठनपाठन गर्न पाउनुपर्ने नभए लिएको पैसा क्याम्पसले फिर्ता गर्दै आफूहरुलाई अन्यन्त्रै पढ्न पाउनुपर्ने व्यवस्था गरिदिनुपर्ने विद्यार्थीको माग छ । 

कात्तिक २२ गतेबाट नियमित क्याम्पस खुलेको भए पनि पठनपाठन नहुँदासम्म पनि सम्बन्धित निकाय मौन बसिरहेका छन् । विद्यार्थी सङ्गठनले पनि क्याम्पसमा पठनपाठन नियमित गर्न पहल नगरेको विद्यार्थीको आरोप रहेको छ । 

एक सय विद्यार्थीको हाराहारीमा निक्लिएको जुलुसले क्याम्पसहातामा तोडफोड ग¥यो भने बिपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–९ ढुङ्ग्रेवासमा पढ्न नपाएको झोकमा केहीबेर राजमार्ग अवरुद्ध बनाए । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट गएको प्रहरीको टोलीले उनीहरुलाई तितरवितर पारेपछि राजमार्ग खुलेको थियो । 

क्याम्पसको विधान संशोधन गर्दै प्राध्यापकहरुको उपदान कटौती गर्ने गरी संशोधन गरिएपछि आन्तरिक विवाद र समस्या चुलिएको हो । सिन्धुली बहुमुखी क्याम्पसका २२ जना प्राध्यापकले विधान संशोधन भएको विषयलाई लिएर क्याम्पस प्रमुखको राजीनामा माग गर्दै व्यवस्थापन समितिसमक्ष भदौमा सामूहिक राजीनामा बुझाएको क्याम्पस प्रशासनले जानकारी दिएको छ । 

क्याम्पस प्रमुखले राजीनामा नदिएसम्म प्राध्यापकले पठनपाठन ठप्प पारेपछि क्याम्पस प्रमुख मीमप्रसाद घिमिरेले असोजमा राजीनामा दिएको क्याम्पस प्रशासनको भनाइ छ । क्याम्पस प्रमुखले राजीनामा र प्राध्यापकको राजीनामा दुवै महिनौँसम्म विचाराधीन अवस्थामा छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो