२४ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

आहा रारा गोल्ड कपलाई सफल पार्न विभिन्न उपसमिति गठन

६ पुष २०७२, सोमबार ०८:११

पुष ६,
पोखरा / 
१४ औ संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७२ लाई सफल पार्न विभिन्न
उपसमिति गठन भएको छ । “खेलकूदको विकासमा सहकार्य गरौं पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं
“ भन्ने नाराका साथ आउदो माग माघ ५ गते देखि १६ गतेसम्म पोखरा रंङ्गशालाको संञ्चालन हुने उक्त
प्रतियोगितालाई सफल पार्न विभिन्न उपसमिति गठन भएको क्लबका वरिष्ठ
उपाध्यक्ष एवं प्रतियोगिता संयोजक
केशब बहादुर थापाले बताए ।

विभिन्न उपसमितिहरुमा अर्थ संकलन
उपसमितिमा संयोजक मानार्थ सदस्य प्रकाश शेरचन, सहसंयोजकमा कोषाध्यक्ष बिश्वराज बराल, उपसंयोजक दिलिपराज
श्रेष्ठ, प्रचारप्रसार उपसमितिमा सल्लाहकार नारायण कार्की, सहसंयोजक सुरेन्द्र बहादुर थापा, उपसंयोजक
सुदर्शन रञ्जित, शान्ति सुरक्षा उपसमितिमा सल्लाहकार खेम बहादुर गुरुङ्ग, सहसंयोजक हरीराम गुरुङ्ग,
उपसंयोजक सुनिल गुरुङ्ग, खेल मैदान
पूर्वाधार निर्माण एंव ग्राउण्ड व्यवस्थापन उपसमितिमानार्थ सदस्य
महेश गुरुङ्ग, सहसंयोजक पूर्व उपाध्यक्ष रामजी कार्की,उपसंयोजक बिश्व तण्डुकार,आवास व्यवस्थापन उपसमिति
संयोजक सल्लाहकार गणेश बहादुर भट्टराई सहसंयोजक नवराज अधिकारी, उपसंयोजक तिलक क्षेत्री, सहभागी टिम
सम्र्पक उपसमिति संयोजक सल्लाहकार शम्भु कार्की, सहसंयोजक लिल बहादुर थापा, उपसंयोजक सोम बहादुर जोशी,
अतिथि सत्कार एवं स्वागत उपसमिति संयोजक पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार सभापति विक्रम थकाली रहेका
छन ।

त्यसै गरी सहसंयोजक मन बहादुर क्षेत्री (काजी) उपसंयोजक
रोजिना गुरुङ्ग,आयोजक टीम तयारी उपसमिति संयोजक सल्लाहकार टिका कार्की,सहसंयोजक राज कुमार
गुरुङ्ग,उपसंयोजक प्रल्हाद हिराचन,मञ्च व्यवस्थापन उपसमिति संयोजक कृष्ण बहादुर थापा,सहसंयोजक बिनु
राना,उपसंयोजक मिन गुरुङ्ग, अनुशासन एवँ प्राविधिकमा संयोजक सल्लाहकार आनन्द रञ्जित(केशब),स्वास्थ्य एवं
प्राथमिक उपचार उपसमिति डा.नारायण गौतम सहसंयोजक संस्थापक सचिब पूर्ण बहादुर गुरुङ्ग, उपसंयोजक
डा.रविन्द्र प्रसाद श्रेष्ठ, लियाजन क्षेत्र उपसमिति संयोजक सल्लाहकार तेज बहादुर गुरुङ्ग सहसंयोजक देवी
रिमाल,उपसंयोजक रामजी अधिकारी,शिल्ड मेडल ट्रफी तथा प्रमाण पत्र व्यवस्थापन उपसमिति संयोजक सल्लाहकार
सहारा यु.के.अध्यक्ष दिलिप कुमार गुरुङ्ग, सहसंयोजक पूर्ण बहादुर गुरुङ्ग,उपसंयोजक गोपाल के.सि.,यातयात
व्यवस्थापन उपसमितिसंयोजक एन कुमार शाही, सहसंयोजक रविन कुमार श्रेष्ठ, उपसंयोजक सोम बहादुर जोशी र
स्वयंम सेवक परिचालन उपसमितिमा संस्थापक अध्यक्ष बसन्त थकाली सहसंयोजक चित्र बहादुर पुन उपसंयोजक देवी
रिमाल रहेका छन । विभिन्न उपसमितिमा क्लबका आजिवन सदस्य, साधारण सदस्य समेत नियुक्त गरि काम
जिम्मेवारीको बाँडफाँड गरिएको अध्यक्ष विरभद्र आचार्यले बताए ।

हिमश्री फुडस प्रा.लि.को उत्पादन आहा तथा रारा चाउचाउको मुख्य प्रायोजन,रेडबुलको सह
प्रायोजन,माईक्रो म्याक्स मोबाईलको उप प्रायोजन,पोखरा उपमहानगर पालिकाको संयोजन,राष्ट्रिय खेलकुद
परिषद/अखिल नेपाल फुटबल संघ/पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति/जिल्ला खेलकुद विकास समिति
कास्की/एन्फा,कास्की/ सहारा यु.के./सहारा हङ्गकङ्ग समेतको बिशेष सहयोग पावर्ड बाई नोभा दुध,अफिसियल
ड्रिङ्ग वाटर ईको पानी सहयोगी संस्थाहरु सानमिगेल,नमस्ते एजुकेशन,वेष्ट अफ फाईभ प्रायोजक पृथ्वी
राजमार्ग बस संञ्चालक समिति पोखरा अफिसियल एयर लाईन्स बुद्ध एयर प्रायोजक याट्स,एल जि.टि.भी.सानमिगेल,
नमस्ते एजुकेशन समेतको सहयोगमा उक्त प्रतियोगिता संञ्चालन हुने भएको हो ।

नेपालका ए डिभिजनका क्लब,विभागिय टिम,लिग विजेता थ्री स्टार,मनाङ्ग मस्याँङ्गदी लगायत विभिन्न
१२ टीमहरु सहभागी हुने उक्त प्रतियोगिताबाट बचत हुन आउने रकम सहारा एकेडेमीमा खर्चीने भएको छ ।
क्लबद्धारा संञ्चालित कठिन परिस्थिति एवँ विपन्नवर्गका बालकहरु सम्मिलित १६ जिल्लाका २६ जना बालकहरुलाई
निशुल्क शिक्षा  दिक्षा,स्वास्थ्य,फुटबल प्रशिक्षण लगायत भरणपोषणमा क्लवले गर्दै आएको छ । हाल संरक्षित
बालकहरु क्लबद्धारा निर्मित सुविधा सम्पन्न आवास गुह सहारा एकेडेमी दोबिल्ला पोखरा–१७ मा आश्रित छन

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ