२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

मकैको खोस्टाद्धारा फुल बनाउने ७ दिने तालिम सुरु

२०७२, ६ पुष सोमबार ०८:२१

पुष ६,
पोखरा / 
कास्की पोखरा हस्तकला संघ र पोखरा उद्योग वाणिज्य संघ घरेलु तथा साना उद्योग
प्रवद्र्धन उप—समितिको संयुक्त आयोजना र रेडियो जननी ९०.६ को समन्वयमा मकैको खोस्टाद्धारा फुल बनाउने
तालिम आइतबार देखि सुरु भएको छ ।

ful

तालिमको प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य
संघका अध्यक्ष संञ्जिव बहादुर कोइरालाले तालिमका लागि आवश्यक पर्ने सामाग्री प्रशिक्षक अन्नपुर्ण
हस्तकला उद्योगका प्रोपाइटर नुजिलज कंसकारलाई हस्तान्तरण गरेर उद्घाटन गर्नु भएको थियो

कोइरालाले महिलाहरु अरुको भरमा नबसिकन आफ स्वयम आफनो सीपबाट आम्दानी गर्न सकेमा समाजमा महिला र
पुरुषहरुको स्तर समान हुने बताउनु भयो । कोइरालाले तालिममा सहभागीहरुलाई तालिम सिकेर व्यवसायिक हुदै
प्रशिक्षक बन्न आग्रह गर्नु भयो । उँहाले समाज रुपान्तरण गर्न महिलाको ठुलो भुमिका हुने भएकाले
महिलाहरुलाई आत्मनिर्भर बनाउने यस्ता खालका तालिम निकै जरुरी रहेको बताउनु भयो ।

कास्की पोखरा
हस्तकला संघ तथा रेडियो जननीका अध्यक्ष हिरा भट्टराईले कार्यक्रमको बारेमा प्रकाश पादै आर्थिक समृद्धिका
लागि उद्यमशीलता आजको आवश्यकता भन्ने मुल नाराका साथ हस्तकलालाई अगाडी बढाएको बताउनु भयो । भट्राईले
उद्यमशीलतामा अगाडि बढ्न सकेमा आर्थिक उन्नती हुने बताउनु भयो । उँहाले महिलाहरुमा उद्यमशीलतामा लाग्न
प्रेरणा मिलोस् भनेर तालिमको आयोजना गरिएको बताउनुभयो ।

रेडियो जननीका स्टेशन म्यानेजर विमला
भण्डारीले तालिममा सिकेका कुरालाई कसरी व्यवसायिक रुपमा लैजाने भन्ने कुरा महत्वपुर्ण हुने बताउदै
सिकेका कुरालाई व्यवहारमा उर्तानु पर्ने बताउनु भयो । भण्डारीले सिप हस्तान्तरण गर्ने कुरा भएकाले
सिकेका कुरा अरुलाई सिकाउदै आफुहरु पनि आत्मनिर्भर हुनुपर्ने बताउनु भयो ।

पोखरा उद्योग वाणिज्य
संघका सल्लाहकार तथा मानार्थ सदस्य सुरेश कुमार राज भण्डारीले महिलाहरु चुलो चौकोमा मात्र सिमित नरही
उद्यमशीलतामा लाग्नु पर्ने बताउनु भयो ।

कलाकार तथा कास्की पोखरा हस्तकला संघका सदस्य मिलन
शेरचनले आफुमा भएको क्षमतालाई बाहिर ल्याउनका लागि उचित स्थान चाहिने भएका कारण त्यो वातावरण संघले तयार
पारेकाले त्यसको महत्व बुझ्नुपर्नेमा जोड दिनुभयो ।

पोखरा ७ रत्नचोक स्थित ढाँड आमा समुहको
व्यवस्थानमा ७ दिन सम्म चल्ने तालिममा २३ जना महिलाहरुको सहभागीता रहेको छ । उक्त तालिमको सहयोगी
संस्थाहरुमा पोखरा उपमहानगरपालिका, नेपाल हस्तकला महासंघ काठमाडौ./पद्यमावती हस्तकला उद्योग रहेका छन्

कास्की पोखरा हस्तकला संघ तथा रेडियो जननीका अध्यक्ष हिरा भट्टराईको अध्यक्षतामा सम्पन्न तालिम
उद्घाटन कार्यक्रमको ढाँड आमा समुहका कार्यवाहक अध्यक्ष हरि देबी कार्कीले समापन गर्नुभएको थियो भने
संघका सचिव सीता गुरुङ्गले कार्यक्रमको संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल