९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

आगोले जलाएको ७४ वर्षीय वृद्धको सपना

१ मंसिर २०७३, बुधबार ०३:४१

गोकर्णप्रसाद भण्डारी/मङ्सिर १, दोलखा । सरकारले दिएको रु ५० हजार र आफूले बनिबुतो गरेर जोहो गरेको सबै रकम आगोमा सल्किएर जलेपछि नयाँ र बलियो घर बनाउने सपना आगोमा जलेर सकिएको ७४ वर्षीय वृद्ध भीमबहादुर कार्की बताउँछन् । 

श्रीमतीको मृत्युपछि एक्लो जीवन बिताउँदै आएका दोलखाको उत्तरी गाविस लापिलाङ–९ का कार्की अहिले फेरि मर्नु न बाँच्नुको अवस्थामा पुगेको बताउँछन् । 

“मरुँ काल आउँदैन, बाँचाँै बाँच्न मनै छैन, दैवले ठगेको मानिस भएर म कसरी बाँचुँ ?” यसरी बिलौना गर्छन् उनी । ३४ वर्ष अघि नै श्रीमतीको मृत्यु भएपछि एक्लो जीवन बिताउँदै आएका कार्कीको कात्तिक १९ गते जीवनभर कमाएर राखेको सबै सम्पत्ति आगोमा स्वाहा भयो भने घर बनाउन जोरजम्मा गरेको रु एक लाख १७ हजार नगद समेत खरानीमा परिणत भयो । 

उनी भन्छन्, कात्तिक १९ गतेदेखि आफूले एक छाक भात पनि राम्रो संग खाएको छैन । झलझली आफ्नो घर र सम्पत्ति जलेको त्यही दृष्य आँखामा आइरहने बताउँदै कार्कीले केही खान मनै नलाग्ने बताउँछन् । 

उनले घर जलेको दृष्य देख्दा बेहोस भएको बताउँदै पटकपटक त्यही आगोमा हाम फाल्न खोज्दा छिमेकीले बचाएको छिमेकी कृष्णबहादुर बस्नेतले बताए । आगलागीबाट आधा भाग बचेको रु ५० हजार रकम साट्न मिल्ने आशमा कार्की चरिकोटमा आए तर चरिकोटमा रहेका कुनै पनि बैंकले रकम साट्न नमानेपछि निरास हुँदै गाउँमा फर्किएका छन् । 

ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका कार्की अहिले कसैको घरमा काम गर्न समेत जाँदैनन् । उनी भन्छन्, घर जलेपछि सबै सपना जलेकाले काम गर्ने कुनै जोश जाँगर नै नभएको बताउँछन् । एक तलाको घर बनाउने इच्छा थियो, त्यही पनि अब आगोसँगै जलेर गएको बताउँदै बाँकी जीवन कसरी बिताउने भन्ने समस्याले बारम्बार सताउने गरेको बताउँछन् । 

कुनै मनकारी व्यक्तिले एक तलाको बस्ने घर मात्र बनाई दिएपनि आफ्नो एक्लो पेट त ज्याला मजदुरी नै गरेर भएपनि पाल्ने कार्कीको भनाइ रहेको छ । कार्कीको अन्तिम इच्छा भनेकै एकतले घर बनाएर बूढेसकालमा बस्ने रहेको बताएका छन् । उनले त्यो पनि आफू कमाएर बनाउन सक्ने अवस्थामा नभएको बताउँदै सहयोगीहातलाई अनुरोध गरेका छन् । 

उमेर ढल्क्यो बूढेसकालमा सुतेर खाने बेलामा बिजोगका दिन काट्नु पर्ने अवस्था आएको बताउँदै उनी आफू काल कुरिरहेको बताउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो