४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चारदिने सुत्केरीको सडकपेटीबाट उद्धार

१ मंसिर २०७३, बुधबार ०३:४२

नारायण ढुंगाना/मङ्सिर १, चितवन । चितवनको नारायणगढस्थित सडकपेटीबाट शिशुसहित चारदिने सुत्केरीको उद्धार गरिएको छ । 

प्रतिक्षालयमा कष्टकर जीवन बिताउँदै आएकी रोल्पा जिल्ला घर बताउने अस्मिता मगर नामकी सुत्केरीको उद्धार गरिएको हो । चितवनको नारायणगढ क्षेत्रमा प्रहरी र मानवसेवा आश्रमको संयुक्त सडक सेवाका क्रममा राति उद्धार गरिएकी सुत्केरीको मानवसेवा आश्रम चितवनमा आवश्यक उपचार गरेर राखिएको अभिभावक प्रेमप्रभा अधिकारीले मङ्गलबार जानकारी दिनुभयो । 

“यात्रु प्रतिक्षालयमा ओढ्ने कपडा पनि नभएको, झुल ओढेर सुतिरहेको अवस्थामा भेटियो, आश्रमका अभियन्ता रञ्जु लामिछानेले भन्नुभयो, “कष्टकर देखेपछि उद्धार गरेर ल्याएका हौँ ।” अहिले आमा र नवजात शिशुको स्वास्थ्य अवस्था राम्रो रहेको आश्रमले जनाएको छ । 

परिवारको लाचारीपनले निर्दाेष शिशुको लामखुट्टेले टोकिरहेको साहै्र दयनीय अवस्थामा भेटियो, उद्धारकर्ता मानवसेवा आश्रमका अभिभावक केशव अधिकारीले भन्नुभयो । 

चार दिनकी सुत्केरी अस्मिताले आफूलाई श्रीमान्ले अर्काे बिहे गरेपछि छाडेको बताउनुभयो । उहाँका अनुसार कवाड खोजेर दैनिक जोहो गर्दै आउनुभएको थियो । चारदिनअघि भरतपुर अस्पतालमा सुत्केरी भएर डिस्चार्ज भएपछि सडकपेटीमा आएर बस्न थालेको उहाँको भनाइ छ । 

उद्धार कार्यमा संलग्न अभियन्ता राजगोपाल श्रेष्ठले चिसो मौसममा सडकपेटीमा कष्टकर अवस्थामा झुलमा बेरिएर सुतिरहेको देखेपछि उद्धार गरिएको बताउनुभयो । सुरुमा आउन नमानेको तर अलि राम्रो भएपछि फेरि ल्याइदिउँला भनेर उद्धार गरिएको श्रेष्ठले बताउनुभयो । 

चितवनमा प्रहरी र आश्रमले सुरु गरेको रात्रि सडक सेवाअन्तर्गत केही दिन अघि मात्रै एक गर्भवतीको पनि सडकपेटीबाटै उद्धार गरिएको थियो । यसरी उद्धार गरिएका चारजना गर्भवतीले आश्रममै बच्चा जन्माइसकेका छन् । 

भरतपुरमा रहेको आश्रमले सडकमा आश्रित हुन बाध्य भएका असहाय तथा मानसिक रोगीको उद्धार पनि उपचार गरेर स्वस्थ बनाई परिवारमा मिलन गराउँदै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ