मंसिर ०२, पोखरा । स्याङ्जा जिल्लाको प्रर्यटकीय स्थान दरौ शिरुबारी, म्हाजु बेझाङ लगायत आसपासका विभिन्न ठाँउबाट पोखरा आएका तमुहरुको साझा संस्था श्री सोपाल तमु समाजले व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ०२, पोखरा । स्याङ्जा जिल्लाको प्रर्यटकीय स्थान दरौ शिरुबारी, म्हाजु बेझाङ लगायत आसपासका विभिन्न ठाँउबाट पोखरा आएका तमुहरुको साझा संस्था श्री सोपाल तमु समाजले व"/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सोपाल तमु समाजको २७ औं साधारणसभा सम्पन्न

२ मंसिर २०७३, बिहीबार ११:२६

मंसिर ०२, पोखरा । स्याङ्जा जिल्लाको प्रर्यटकीय स्थान दरौ शिरुबारी, म्हाजु बेझाङ लगायत आसपासका विभिन्न ठाँउबाट पोखरा आएका तमुहरुको साझा संस्था श्री सोपाल तमु समाजले विहिवार आफ्नो २७ औं साधारणसभा सम्पन्न गरेको छ ।

साधारणसभाको उद्घाटन गर्दै तमु धिं नेपालका अध्यक्ष कर्मा गुरुङले सम्पुर्ण तमुहरु एक जुट भै आफ्ना हक, अधिकारको लागि अगाडि बढ्नु पर्ने आजको आवश्यकता भएको बताइन्  ।

कार्यक्रमा पुनरावेदन अदालत पोखराका न्यायधिश सत्यराज गुरुङले सम्पुर्ण सोपाल तमु समाजहरुलाई एकजुट भै अगाडी बढ्न सन्देश दिदै पर्यटकिय सम्भावना वोकेको आफ्नो गाउँ ठाउँलाइ प्रचार प्रसार गनु पर्ने बताए ।

साधारणसभामा आफ्नो मौलिक पहिचान तथा संस्कार, संस्कृती, परम्परा, भाषा, भेषभुषाको लागि एक जुट भै आफ्ना जातिको पहिचान संरक्षण गर्दै सोंपाल तमु  समाज,पोखराको भावी २१बुदे योजनाहरु प्रस्तुत गरि छलफल गरिएको थियो ।

मेजर लक्ष्मीप्रसाद गुरुङको अध्यक्षता सम्पन्न भएको साधारण सभामा सचिव इन्द्र गुरुङ र कोषाध्यक्ष सावित्री गुरुङले प्रस्तुत गरेको प्रतिवेदनलाई पारित गर्दै सम्पन्न भएको कार्यक्रममा समाजका लागी सहयोग गर्ने सहयोगी दाताहरुलाइ सम्मान पत्र र खाँदा लगाएर सम्मान  गरिएको थियो । त्यस्तै विभिन्न अक्षयकोष दाता, खेलाडीहरु, विद्यार्थीहरु, विभिन्न सामाजिक संघ संस्थाहरुमा सेवा पुर्याउने महानुभावहरुलाई समेत सम्मान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो