२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

परम्परागत स्थानीय सामग्री लोप हुँदै

२०७३, ३ मंसिर शुक्रबार ०३:४८

मङ्सिर २, पाल्पा । आधुनिक प्रविधिको प्रयोग र विकासले पाल्पाका स्थानीय सामग्री लोप हुँदै गएका छन् । गाउँघरमा काठबाट हातले बनाइएका विभिन्न मेसिन यतिबेला हराउँदै गएका छन् । 

उखु, अमिलो र तोरी पेल्ने परम्परागत कोल अहिले गाउँबाटै लोप भइसकेको छ । 

यसले गाउँको पहिचान नै मेटिँदै गएकोमा बुढापाकाले चिन्ता व्यक्त गरेका छन् । धान कुट्ने ढिकी, ओखल, मकै पिस्ने जाँतो पनि यहाँबाट लोप भइसकेको छ । ढिकी, जाँतोको ठाउँमा आधुनिक मेसिन गाउँगाउँमा भित्रन थालेपछि स्थानीय सामग्री लोप भएका हुन् । पानीबाट चल्ने पानीमिल अर्थात् पानीघट्ट पनि विस्थापित भइसकेको छ । 

करिब दुई दशकअगाडि सम्म चलनचल्तीमा आएका यी घरेलु सामग्री अहिले गाउँमा देख्न मुस्किल परेको छ । आधुनिक मेसिनको बढ्दो प्रयोग र विकासले गर्दा यी सामग्रीको प्रयोग र संरक्षणमा प्रयोगकर्ताले बिस्तारै कम गर्दै जाँदा अहिले ग्रामीण पहिचान नै मेटिएको स्थानीयवासी देवराज अर्यालले बताउनुभयो । 

कालीगण्डकीबेँसीकै रामपुर नगरपालिका–६ को बडवानमा रहेको एक मात्र पानीघट्ट मिल आधुनिक मिलको प्रयोग बढ्दै जाँदा अहिले बेवारिसे अवस्थामा छ । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका जनतालाई लामो समयसम्म सेवा दिँदै आएको यो पानीघट्ट विगत एक दशकयता बन्द अवस्थामा छ । यस्ता कैयौँ ग्रामीण पहिचानका रुपमा प्रयोगमा आएका सामग्री हराउँदै जाँदा पछिल्लो समय स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । 

घरेलु तथा साना उद्योग कार्यालयको तथ्याङ्कअनुसार ६० गाविस र दुई नगरपालिकामा दुई सयभन्दा बढी धान कुट्ने मिल दर्ता भएका छन् । समयसापेक्ष बढ्दो आधुनिकताले परम्परागत रुपमा प्रयोगमा आएका ढिकी, जाँतो लोप हुन पुगेका हुन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध