९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

परम्परागत स्थानीय सामग्री लोप हुँदै

३ मंसिर २०७३, शुक्रबार ०३:४८

मङ्सिर २, पाल्पा । आधुनिक प्रविधिको प्रयोग र विकासले पाल्पाका स्थानीय सामग्री लोप हुँदै गएका छन् । गाउँघरमा काठबाट हातले बनाइएका विभिन्न मेसिन यतिबेला हराउँदै गएका छन् । 

उखु, अमिलो र तोरी पेल्ने परम्परागत कोल अहिले गाउँबाटै लोप भइसकेको छ । 

यसले गाउँको पहिचान नै मेटिँदै गएकोमा बुढापाकाले चिन्ता व्यक्त गरेका छन् । धान कुट्ने ढिकी, ओखल, मकै पिस्ने जाँतो पनि यहाँबाट लोप भइसकेको छ । ढिकी, जाँतोको ठाउँमा आधुनिक मेसिन गाउँगाउँमा भित्रन थालेपछि स्थानीय सामग्री लोप भएका हुन् । पानीबाट चल्ने पानीमिल अर्थात् पानीघट्ट पनि विस्थापित भइसकेको छ । 

करिब दुई दशकअगाडि सम्म चलनचल्तीमा आएका यी घरेलु सामग्री अहिले गाउँमा देख्न मुस्किल परेको छ । आधुनिक मेसिनको बढ्दो प्रयोग र विकासले गर्दा यी सामग्रीको प्रयोग र संरक्षणमा प्रयोगकर्ताले बिस्तारै कम गर्दै जाँदा अहिले ग्रामीण पहिचान नै मेटिएको स्थानीयवासी देवराज अर्यालले बताउनुभयो । 

कालीगण्डकीबेँसीकै रामपुर नगरपालिका–६ को बडवानमा रहेको एक मात्र पानीघट्ट मिल आधुनिक मिलको प्रयोग बढ्दै जाँदा अहिले बेवारिसे अवस्थामा छ । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका जनतालाई लामो समयसम्म सेवा दिँदै आएको यो पानीघट्ट विगत एक दशकयता बन्द अवस्थामा छ । यस्ता कैयौँ ग्रामीण पहिचानका रुपमा प्रयोगमा आएका सामग्री हराउँदै जाँदा पछिल्लो समय स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । 

घरेलु तथा साना उद्योग कार्यालयको तथ्याङ्कअनुसार ६० गाविस र दुई नगरपालिकामा दुई सयभन्दा बढी धान कुट्ने मिल दर्ता भएका छन् । समयसापेक्ष बढ्दो आधुनिकताले परम्परागत रुपमा प्रयोगमा आएका ढिकी, जाँतो लोप हुन पुगेका हुन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो