१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाका एकसय अठासी बालबालिका संरक्षणविहीन

३ मंसिर २०७३, शुक्रबार ०४:२२

मङ्सिर ३, रोल्पा । जिल्लामा बाबुआमा दुवै नभएका वा पारिवारिक संरक्षणविहीन अवस्थामा रहेका बालबालिका एकसय ८८ जना रहेको जिल्ला बालकल्याण समिति, रोल्पाले जनाएको छ । 

यसरी परिवारमा वयस्क व्यक्ति नभई बालबालिका मात्र रहेका ६ बालिका र चार बालक गरी १०, आफन्तको संरक्षणमा रहेका ८९ बालिका र ८७ बालक गरी एक सय ७६ र कपिलवस्तु चितवन, काठमाडौँ तथा बर्दिया जिल्लाका बालगृहमा रहँदै आएका बालिका आठ र बालक तीन गरी जम्मा ११ जनासहित गरी कुल एकसय ८८ जना बालबालिका संरक्षणविहीन अवस्थामा रहेको जिल्ला बालकल्याण समिति रोल्पाका बाल अधिकार अधिकृत गोकर्णप्रसाद पुनले जानकारी दिनुभयो । 

यी बालबालिकालाई जिल्ला बालकल्याण समिति, रोल्पामार्फत शैक्षिक सहयोग तथा आपत्कालीन सहयोग गरिएको भएपनि उनीहरुका लागि यो सहयोग पर्याप्त हुन नसकेको संरक्षणविहीन अवस्थामा रहेका बालबालिकाले बताएका छन् । पुनका अनुसार यी बालबालिकाले आफन्तको संरक्षणमा रहेका बालबालिकाले जस्तै आवश्यकताअनुसार उचित माया, ममता र शिक्षादीक्षा पाउन सकिरहेको अवस्था छैन । उहाँ भन्नुहुन्छ, “जिल्लामा कार्यालयको तथ्याङ्कमा उल्लेख भएभन्दा बढी जोखिम तथा पारिवारिक संरक्षणविहीन अवस्थामा रहेका बालबालिका हुन सक्छन् । 

उहाँले भन्नुभयो, “हामीले हामीकहाँ आउने निवेदन, गाविस तहमा गठन भएका गाउँ बाल संरक्षण समिति तथा हामीलाई प्रत्यक्ष वा अप्रत्यक्षरुपमा जानकारी भएका बालबालिकाकोे तथ्याङ्क मात्र अद्यावधिक गर्दै आएका छौँ ।” जिल्लामा रहेका समग्र बालबालिकाको अवस्थाका बारेमा जानकारी लिनका लागि हाम्रो प्रयास मात्र पर्याप्त नहुने भएकाले छुट्टै आधारभूत सर्र्वेक्षण गर्न वा प्रत्येक गाविसले त्यस्ता बालबालिकाको तथ्याङ्क अद्यावधिक गर्नुपर्ने उहाँले बताउनुभयो । तर कार्यालयको तथ्याङ्कमा सडक बालबालिका र अभिभावकद्वारा अलपत्र पारी छोडिएका बालबालिका भने छैनन् । 

केन्द्रीय तथ्याङ्क विभाग, काठमाडौँको सन् २०११ को तथ्याङ्कअनुसार जिल्लामा कुल बालबालिकाको सङ्ख्या एक लाख १७ हजार ६ सय ७७ जना रहेको छ । जन्मदेखि चार वर्षसम्मका २८ हजार पाँच सय ३७, पाँचदेखि ९ वर्ष उमेर समूहका ३१ हजार नौ सय ९६, १० देखि १४ वर्ष उमेर समूहका ३२ हजार नौ सय ४० र १५ देखि १९ वर्ष उमेर समूहका २४ हजार दुई सय चारजना बालबालिका रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो