९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा भूकम्प अनुदान सम्झौतामा नाम छुटेको गुनासो

४ मंसिर २०७३, शनिबार ०२:३२

मङ्सिर ४, भक्तपुर । पाँच वटा नगरपालिकामा गत कात्तिक २५ गतेदेखि सुरु भएको भूकम्पपीडित आवास पुनःनिर्माण अनुदान सम्झौताबाट वञ्चित हुनेको गुनासो बढेको छ । 

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, केन्द्रीय आयोजना एकाइ कार्यालयले स्थानीय निकाय मार्फत भूकम्प प्रभावितलाई पहिलो किस्ता रकम वितरणका लागि अनुदान सम्झौता गर्न सुरु गरेको एक साताका अवधिमा दुई हजार ५७ जनाले अनुदान सम्झौता गर्न नपाएको भन्दै गुनासो दर्ता गराएका छन् । 

भूकम्पीय आवास पुनःनिर्माण परियोजना, जिल्ला आयोजना कार्यान्वयन समितिका उपसंयोजक दीपक पाठकले हालसम्म मध्यपुर थिमि नगरपालिका बाहेक पाँच नगरपालिकामा सोचेभन्दा बढी गुनासो आएको र गुनासो आउने क्रम दैनिक बढ्दै गएको बताउनुभयो । 

मध्यपुरथिमि नगरपालिकाले यही मङ्सिर ७ गतेदेखि मात्रै अनुदान सम्झौता सुरु गर्ने भएको छ । अन्य पाँच नगरपालिकामा हालसम्म तीन हजार ५९२ जनाले अनुदान सम्झौता गरेको र दुई हजार ५७ जनाको गुनासो दर्ता भएको छ । 

स्थानीय बासिन्दाले वास्तविक भूकम्पपीडितको नाम लाभग्राही सूचीबाट हटेको जनाएका छन् । भक्तपुरमा अधिकांश स्थानमा लालपुर्जा नभएका र लाभग्राहीको सूचीमा नाम छुटेको भन्दै गुनासो दर्ता गर्नेहरु रहेको पाठकले बताउनुभयो । लाभग्राहीको सूचीमा रहेको नाम, थर र नम्बर नमिलेको सन्दर्भमा स्थानीय निकायले आवश्यक प्रक्रिया पूरा गरेर अनुदान सम्झौता गर्न सक्ने व्यवस्था भएको बताइएको छ । 

भूकम्पपछि वास्तविक भूकम्पपीडितको पहिचानस्वरुप दिइएको रातो कार्ड पाएका, रु १५ हजार र १० रु हजार अनुदान पाएका र पुनःसर्वेक्षणमा सेतो परिचय पत्र पाएकाहरुको नाम समेत लाभग्राहीको सूचीमा नभएको गुनासो आएको छ । 

अनुदान सम्झौता भएको पाँच दिनपछि नगरपालिकाले तोकेको बैंकबाट अनुदान रु ५० हजार वितरण गरिने भनिए पनि सम्झौता भएकाहरुले अझै रकम पाउन सकेका छैनन् । समितिका उपसंयोजक पाठकले कोष तथा लेखा नियन्त्रण कार्यालयबाट गरिने सबै प्रक्रिया पूरा गरेर सम्झौता भएकाहरुलाई आगामी सोमबारदेखि पहिलो किस्ताको रु ५० हजार प्रदान गरिने बताउनुभयो । 

भक्तपुरमा अहिलेसम्म २८ हजार ८०० जनाको लाभग्राहीको सूचीमा नाम छ । नाम छुटेको जिकिर गर्नेहरु भने करिब पाँच हजार हुन सक्ने जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो