2026-07-09 12:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

जग्गाधनी नभेटिँदा पुनःनापीमा कठिनाइ

2016-11-19

मङ्सिर ४, ललितपुर । नापीको टोली जग्गामा पुग्दा जग्गाधनी नभेटिँदा जिल्ला नापी कार्यालयलाई पुनःनापीको काम अघि बढाउन गाह्रो भएको छ । 

नापी भएको पाँच दशकपछि पुनःनापी भइरहँदा जग्गाधनीले भने आफूसँग कागजात छँदैछ भनेर चासो नदिएको कार्यालयका प्रमुख बुद्धिमान जैसीले बताउनुभयो । पहिले बेवास्ता गर्ने जग्गाधनीले पछि विवाद झिक्ने र जग्गाधनी जग्गामा नभेटिँदा नापी लम्बने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिले बेवास्ता गर्ने नै पछि फेरि गएर फेरि नाप्नुप¥यो भन्दै कार्यलय आउने गर्छन् ।” 

टोली खटिएका समयमा जग्गाधनी भेटिँदा सहज भए पनि फेरि टोली पठाउन गाह्रो हुने उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “विवाद वा समस्या आए पनि फिल्डमा समाधान गर्न छिटो र सजिलो हुन्छ ।” कार्यालयका प्रतिनिधि नापीका लागि जाँदा कतिपय फुर्सद नभएर र धेरैले बेवास्ता गरेर घर वा जग्गामा उपस्थित हुँदैनन् । 

कार्यालयले जग्गाको अवस्थामा कैयौँ गुणा परिवर्तन भएका इमाडोल, टीकाथली, सैँबु, ललितपुर उपमहानगरपालिकाका विभिन्न स्थानमा तीन वर्षदेखि पुनःनापी गर्दै आएको छ । विसं २०२१ पछि यी स्थानमा नापी हुन सकेको थिएन । 

पुनःनापी भइरहेका ती स्थानमा जग्गाको स्वरुप झन्डै ४०० प्रतिशतसम्म परिवर्तन भएको पाइएको कार्यालयले बताएको छ । जग्गाको स्वरुपमा झन्डै ६० प्रतिशत परिवर्तन हुँदा पुनःनापी गर्नुपर्ने मान्यता छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो