२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नेशनल प्याब्सन कास्कीले संस्थामा आवद्ध ज्येष्ठ विद्यालयलाई सम्मान

२८ पुष २०७२, मंगलवार ११:२६

शिब न्यौपाने/पुस २८, पोखरा ।
नेशनल प्याब्सन कास्कीले संस्थामा आवद्ध ज्येष्ठ विद्यालयलाई सम्मान गरेको छ । नेशनल
प्याब्सनको स्थापना दिवसको अवसर पारेर प्याब्सान कास्कीले ती विद्यालयलाई हिजो सम्मान गरेको हो

सम्मानित हुने विद्यालयहरुमा अक्सफोर्ड स्कूल, आदर्श वोर्डिङ स्कूल, सिद्धिविनायक वोर्डिङ
ईङ्लिस स्कूल र गोर्खा वार्डिङ स्कूल रहेका छन् । सम्मानित विद्यालयहरुलाई कार्यक्रमका प्रमुख अतिथि
जिल्ला शिक्षा कार्यालय कास्कीका जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारी, नेशनल प्याब्सन कास्कीका
अध्यक्ष रामबहादुर मोची, सल्लाहकार रामप्रसाद शर्माले संयुक्त रुपमा ती विद्यालयका संस्थापक
प्रिसिन्पललाई प्रशंशापत्र र दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो ।

यसैगरी, नेशनल प्याब्सन
कास्कीले सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाको वरिपरि रहेका छिमेकीलाई सरसफाई सम्वन्धि अभिमूखीकरण
तालिम दिएको थियो । तालिममा संस्था वरपर रहेका महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो । तालिमको पोखरा
उप महानगरपालिकाका वातावरण अधिकृत निर्मलमान सिंह भण्डारी र मूल्याड्ढन तथा अनुगमन अधिकृत हरि
न्यौपानेले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कास्कीका जिल्ला शिक्षा
अधिकारी विष्णुप्रसाद अधिकारीले संस्थागत विद्यालय नाफामुखी भन्दा पनि सेवामुखी हुनु पर्ने बताउनुभयो ।
संस्थागत विद्यालयमा लगानजी गर्नेले लगानी र जवानी यसैमा समर्पित गरेकोले यस क्षेत्रलाई मजवुद र
अग्रगामी वनाउदै अगाडि वढाउन उहाले सुझाव दिनुभएको थियो । उहाले संस्थाले समाजिक उत्तरदायित्व वहन गर्दै
शिक्षाको क्षेत्रमा पु¥याएको योगदान स्मरणिय भएको बताउनुभयो । सात विद्यालयबाट स्थापना गरेको यस
संस्थामा हाल ४५ विद्यालय आवद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव