कमल रावल | मसिर ४, अछाम | अछाम जिल्लाको तिमिल्सैन गाविसमा एक महिनावारी किशोरिको छाउपडी गोठमै ज्यान गएको छ । गाविसको वडा नम्बर ७ की २६ बर्षीया डम्बरा उपाध्यायको छाउपडी गोठमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल | मसिर ४, अछाम | अछाम जिल्लाको तिमिल्सैन गाविसमा एक महिनावारी किशोरिको छाउपडी गोठमै ज्यान गएको छ । गाविसको वडा नम्बर ७ की २६ बर्षीया डम्बरा उपाध्यायको छाउपडी गोठमा"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

छाउपडी गोठमा सुतेकी २१ वर्षे किशोरीको ज्यान गयो

४ मंसिर २०७३, शनिबार १३:१४

कमल रावल | मसिर ४, अछाम | अछाम जिल्लाको तिमिल्सैन गाविसमा एक महिनावारी किशोरिको छाउपडी गोठमै ज्यान गएको छ । गाविसको वडा नम्बर ७ की २६ बर्षीया डम्बरा उपाध्यायको छाउपडी गोठमा ज्यान गएको अछाम प्रहरीले जनाएको छ ।

शुक्रबार बेलुकी खाना खाई सुतेकी र केही बिरामी नभएकी उपाध्याय शनिवार बिहान अबेर सम्म नउठेपछि आफन्त गई हेर्दा मृत अवस्थामा फेला परेको आफन्तले बताएका छन । शुक्रबार दिनभरी घाँस काट्ने र पशुमल खेतबारीमा बोक्ने काम गरी राती सुतेकी र घरबाट ६/७ मिटर टाढा गोठमा एक्लै रहेकी ५ दिनकी महिनाबारी उपाध्याय मृत अवस्थामा भेटिएकी उनका आफन्तको भनाई रहेको छ ।

मृतकका जेठाजु तीर्थराज उपाध्ययका अनुसार मृतकलाई कुनै बिराम नलागेको जानकारी आएको छ । जिल्ला प्रहरी कार्यालय अछामको टोलि घटना स्थलमै गई जानकारी लिदा घटनाको अनुसन्धना भईरहेको र सबै रिपोर्ट शबको पोष्टमार्टम पछिको रिपार्टको बारे जानकारी हुने जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रवक्ता वर्दि प्रसाद ढकालले बताउनु भयो । प्रहरी प्रबक्ता ढकालका अनुसार मृतक घोप्टो अवस्थामा रहेकी र नाकबाट रगत आएको भेटिएको र घटनाको थप छानविन भैरहेको बताउनु भयो । ढोका नभएको छाउपडी गोठ निकै साँघुरो रहेको तथा बाहीर भित्र गर्न खालको मात्र रहेको उहाँको भनाई रहेको छ । अहिले नै पोष्मार्टको रिपोर्ट नआएकाले घटनाको प्रकृति हेर्दा हर्टअट्याक भएर ज्यान गएको उन सक्ने प्रवक्ता ढकालको भनाई छ ।

मृतकका श्रीमान यज्ञराज तिमिल्सेना कामको शिलशिलामा भारतमा रहेका र बिहे भएको २ बर्ष भएको आफन्तले जनाएका छन् । अछाम लगायत सुदूरपश्चिममा महिनाबारी हुँदा ५ देखि ७ दिनसम्म घरबाट टाढा गोठमा बस्ने चलन रहेको छ । अछाम जिल्लाका ३१ वटा गाविस यस अघि नै छाउपडि गोठमुक्त घोषणा भईसकेका छन । तर पनि जिल्लामा घोषणा गरिए पनि कतिपय ठाउँमा अझै छाउ गोठमा बस्ने चलन रहेको छ । महिला तथा बालबालिका कार्यालयको तथ्यांक अनुसार सन् २००८ देखि हाल सम्म छाउपडी गोठको कारण अछाम जिल्लामा ९ जना महिला तथा किशोरीको ज्यान गैसकेको तथ्याक रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा