2026-07-09 01:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुलीमा दुई सय पचासभन्दा बढी बालश्रमिक

2016-11-20

मङ्सिर ५, सिन्धुली । ‘संवद्र्धन बाल अधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मूल नाराका साथ आज अन्तर्राष्ट्रिय बालअधिकार दिवस देशैभर विविध कार्याक्रम आयोजना गरी मनाइएको छ ।

सो अवसरमा जिल्ला बालकल्याण समितिले जिल्लास्तरीय मावि खुला निबन्ध प्रतियोगिता आयोजना गरिएको छ । “संवद्र्धन बाल अधिकारको, कार्यान्वयन संविधानको” विषयको निबन्ध प्रतियोगितामा पहिलो हुने जनज्योति मावि फोस्रेटारकी सुष्मा थिङ, दोस्रो हुने भगवती मावि माढीबजारका विशाल श्रेष्ठ र भवानी मावि कत्लेशिखरकी बिना कोइरालालाई जनही रु पाँच हजार पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ । 

यस्तै स्थानीय परिवर्तन जागरण क्लबले सिन्धुलीमा बालबालिकाको अवस्था समेटेर प्रस्तुत गरेको सडक नाटकका कलाकारलाई पनि प्रमाणपत्रले सम्मान गरिएको छ । सो अवसरमा प्रजिअ ताराबहादुर कार्कीले समाजमा द्व्रैध चरित्र भएका शिक्षित व्यक्तिले बाल र महिला अधिकार हनन गर्ने गरेको बताउनुभयो । 

बालकल्याण समिति सिन्धुलीका अध्यक्ष एवम् प्रजिअ कार्कीले सिन्धुलीमा बालबालिकाको स्थिति समेटर तयार परिएको पुस्तक समेत सार्वजनिक गर्नुभएको थियो । सो पुस्तकमा कमलामाई नगरपालिकामा बालबालिकामाथि घरेलु हिंसा, यातायात, होटल, निर्माण क्षेत्र, भरिया, व्यापार लगायत क्षेत्रमा बालबालिका प्रयोग भएको पाइएको उल्लेख छ । 

सिन्धुलीमा २५४ बालबालिका श्रमिक छन् । पुस्तकमा १०४ जना घरेलु हिंसा, ६८ जना यातायात, २३ जना होटल, १७ जना निर्माण, पाँच जना भरिया, १९ जना उद्योग र व्यापारमा, नौ जना खानीमा र नौ जना अन्य क्षेत्रमा कार्यरत रहेको उल्लेख छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो