१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

अदालतमा निशुल्क निवेदनको प्रयोग बढ्दै

३ माघ २०७२, आईतवार ११:५७

राजाराम पौडेल, माघ ३, पोखरा
/
 निशुल्क रुपमा उपलब्ध गराइदै आएको निवेदनको प्रयोग कास्की जिल्ला अदालतमा बढ्रदै गएको छ । गत
मंसिर महिनाबाट सुरु गरिएको यो सेवा प्रदान गर्नका लागि अदालतमा न्यायमा पहुँच कक्षको स्थापना गरिएको छ
। अदालतमा पुग्ने
सेवाग्राहिले यो सुविधाको बारेमा बुझ्दै गएकोले शुरुवातका दिनको तुलनामा यो सुविधा
लिने सेवाग्राहिको संख्यामा वृद्धि हुदै गएको कास्की
जिल्ला अदालतका स्रेस्तेदार दीनबन्धु बरालले
बताए ।

‘मंसिर महिनाबाट सुरु गरिएको यो सेवाको प्रभाव बढ्दै
भएको छ ।’ बराल बताउँछन् । यो सुविधाको बारेमा सेवाग्राहिलाइ जानकारी होस्र भन्ने हेतुले अदालतको सूचना
पार्टीमा समेत यो सुविधाको बारेमा सूचना मार्फत जानकारी गराइएको छ । यो सेवा लिने क्रममा कुनै झन्झट
भएमा से्रस्तेदार वा न्यायाधीश समक्ष सिधै गुनासो गर्न सकिने स्रेस्तेदार बरालले बताए । अदालतमा मुद्दा
मामिलाको लागि
सेवाग्राहिलाइ अदालतबाट प्रदान गरिने न्यायिक परामर्श सेवा उपलब्ध गराउँदा समेत यो
सेवाको बारेमा जानकारि दिने गरेको उनको भनाइ छ ।

यो सेवाको
प्रभावकारिताको लागि न्यायमा पहुँच कक्षको व्यवस्था गरिएको छ । यो कक्षबाट अदालतमा मुद्दा दर्ता हुदाँको
चरणबाट फैसला कार्यान्वयन सम्मका चरणहरुमा सेवाग्राहिहरुको लागि आवश्यक पर्ने निवेदन उपलब्ध गराइएको
बरालले जनाए । ‘निवेदनहरु निशुल्क रुपमा सेवाग्राहिलाइ उपलब्ध गराउने र भर्न नसक्ने वा नजान्नहरुको लागि
अदालतका कर्मचारी र वैतनिक वकिलबाट भर्ने व्यवस्था मिलाइएको छ ।’ उनले भने ।


विशेषगरि नक्कल पाउँ, गूज्रेको म्याद थामि पाउँ, साक्षी हाजिर गराइ पाउँ, सक्कल
लिखत दाखिला गरेको लगायतका निवेदन सेवाग्राहिले खोज्ने गरेको उनले जनाए । यसैगरि कास्की जिल्ला अदालतले
यसअगाडिनै सुरु गरेको सेवाग्राहिका लागि झन्झटमुक्त सेवालाइ निरन्तरता दिएको छ ।

अदालतले नक्कल दिने, पेसी÷तारेख तोक्ने, गुज्रेको तारेख थाम्ने थमाउने, वारेसनामा
सकारनामा सम्बन्धि कार्य, मिलापत्र, पुनरावेदन फिर्ता, तामेली लगायतको निवेदन दर्ता गर्ने, लिखित जवाफ
वा अन्य प्रमाण कागजात पेश गर्ने, जुनसुकै फुटकर निवेदन दर्ता वा दरपिठ गर्ने,मुद्दाको कारवाही सम्बन्धि
जानकारी सूचना लिनेदिने लगायतका काम एक घण्टा भित्र उपलब्ध गराउने व्यवस्था मिलाएको छ । छिटोछरितो
झन्झटमुक्त सेवाले सेवाग्राहीलाइ सहजता महशुस गराएको स्रेस्तेदार बरालले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव