१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नेपालमै पहिलो पटक बंगुरको कृत्रिम गर्भाधान सम्बन्धी तालिम

४ माघ २०७२, सोमबार ०७:०३

image

गिता राना मगर । माघ ४, पोखरा । बंगुरको कृत्रिम गर्भाधान सम्बन्धी सातदिने प्रशिक्षक
प्रशिक्षण तालिम आइतबार पोखरामा सम्पन्न भएको छ । नेपालमानै पहिलो पटक आयोजना गरिएको उक्त तालिममा
नेपालभरका १९ जना प्रशिक्षकहरुको सहभागीता रहेको थियो ।

सामर्थ/सिप्रेड संस्थाको आयोजना तथा युके एडको सहयोग तथा पशु सेवा बिभाग र राष्ट्रिय कृषि
अनुसन्धान केन्द्रको सहकार्यमा पोखराको होटल क्राउन हिमालयजमा सम्पन्न एक हप्ते तालिममा विशेषगरी
बंगुरको भालेलाई तालिम, बिर्य संकलन, प्रशोधन तथा प्याकेजिङ तथा भण्डारण र बजारीकरण सम्बन्धी
सैद्धान्तिक र ब्यवहारिक क्रियाकलापहरु गराइएको थियो ।

आइतबार
सम्पन्न तालिमको समापन कार्यक्रममा वोल्दै राष्ट्रिय कृषि अनुसन्धान केन्द्र नार्कका बंगुर तथा कुखुरा
अनुसन्धान कार्यक्रम प्रमुख दामोदर न्यौपानेले बंगुरको कृत्रिम गर्भाधानले कृषकहरुलाई प्रत्यक्ष रुपमा
फाइदा पुर्याउने वताउदै तालिममा सिकेका कुरालाई ब्यवहारमा लागु गराउनुपर्नेमा जोड दिए । त्यस्तै तालिमका
प्रशिक्षक जीनप्रो कम्पनी अमेरिककाका डाक्टर केभिनले नेपालमा बंगुरपालनको संभावना राम्रो भएको वताउदै यो
तालिमले अझै बंगुरपालक किसानका लागी उर्जा थप्ने वताए । कृत्रिम गर्भाधानले उन्नत जातका बीउहरुलाई साना
किसानले समेत प्रयोग गर्न सक्ने भएकाले यसलाई महत्वपूर्ण रुपमा लिनुपर्ने उनको भनाइ रहेको थियो

तालिममा सहभागी कृषक तथा पोखरा लाइभस्टक प्रालिका सञ्चालक
छ्याम थापाले सात दिने तालिमले आफुहरुलाई बंगुर पालनमा थप उर्जा प्रदान गरेको वताए । आफ्नो फर्म पोखरा
लाइभ स्टकमा ए.आइ. ल्याब समेत रहेकाले पोखरा र आसपासमात्र नभइ नेपालभरकै बंगुर किसानका लागी कृत्रिम
गर्भाधानका लागी सामाग्री प्रदान गर्न आफु तयार रहेको वताए ।

कार्यक्रममा डाक्टर नन्द प्रशाद
शर्मा, डाक्टर शोभा शर्मा , झापा कुलुङ बंगुर फार्मका संचालक संजिव कुमार राइ लगायतले वोलेका थिए ।
तालिममा सैद्धान्तिक कक्ष पोखराको क्राउन हिमालयन होटलमा भएको थियोभने ब्यवहारिक कक्ष लेखनाथको
रिठेपानीमा रहेका पोखरा लाइभस्टक प्रालिमा सम्पन्न भएको सामर्थ/सिप्रेडका बंगुर विश्लेषक डाक्टर राजेश
कुमार चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव