2026-06-19 02:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा आन्दोलन चर्किंदै, प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा १२ जना घाईते

2016-11-21

मङ्सिर ६, मुगु । स्थानीय निकाय पुनर्संरचना प्रक्रिया विवादका कारण मुगुमा आन्दोलन चकिदै गहेको छ । 

आज प्रदर्शन गरिरहेका स्थानिय र प्रहरी बिच झडप भएको छ । झडपमा १२ जना घाईते भएका छन् । दिउसोँ साढे १ बजेको जिल्ला सदरमुकाममा भएको मुटभेटमा प्रहरीले स्थानिय माथी ज्यादती भएको रारा गाउँ पालिका निर्माण सङघर्ष समितीले जनाएको छ । 

प्रहरीले गरेको लाठी चार्ज गर्दा आन्दोलनका लागी सदरमुकाममा आएका रारा, कालै र धैनकोट गाविसका स्थानिय घाईते भएका हुन् । घाईते हुनेमा हस्त बहादुर शाही, ज्ञान बहादुर शाही, डबल बम, सुर्य नेपाली, देविलाल मल्ल, गगने कामी, धर्मराज शाही, लोक बहादुर शाही, टाईगर शाही, सुर्य नेपाली, हिर जैशी र संखु जैशी रहेका छन् । 

घाईते हुनेहरु मध्येका हस्त बहादुर शाही र ज्ञान बहादुर शाहीको अवस्था चिन्ताजनक रहेको छ । घाईतेहरुको सदरमुकाममा रहेको स्थानिय मेडिकलमा उपचार भईरहेको छ । ९ वटा ईलाकाहरु रहेको मुगु जिल्लालाई ३ गाउँपालिका र १ नगरपालिका बनाउने खाका स्थानिय निकाय पुनसंरचना आयोगमा सिफारिस गरिएपछि जिल्लाको रारा, कालै र धैनकोट गाविसका गाउँस्तरका दलका नेता कार्यकर्ता र स्थानीय बासिन्दा बिगत २ हप्तायता आन्दोलनमा रहेका छन् ।

स्थानियले गएको शुक्रबार जिल्ला बिकास समिती र हिजो आईतबारबाट जिल्लाका सबैजसो कार्यालय बन्द गराएका थिए । सरकारी कामकाज प्रभावित भएपछि प्रहरीले जिल्लाका कार्यालयहरुको ताला खुलाएको छ । झडप भईरहेकै बेलामा जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षिय बैठक पनी पुनहं बस्ने निर्णय गर्दै स्थगित भएको छ । 

रारा, कालै र धैनकोट गाविसलाई जोडेर छुट्टै रारा गाउँपालिकाको माग गर्दै आन्दोलन गर्दै आएका स्थानियले माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने बताउदै आएका छन् । नन्द बहादुर रोकायाको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु