१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

 विन्ध्यावासिनीमा जेष्ठ नागरिक मिलन केन्द्र सुरु

४ माघ २०७२, सोमबार १६:३४

 शिब न्यौपाने/ माघ ४,
पोखरा । 
पोखराको प्रशिद्ध धार्मिक स्थल विन्ध्यावासिनी मन्दिर परिसरमा बृद्धबृद्धाको लागि
जेष्ठ नागरिक मिलन केन्द्र स्थापना गरेको छ । ७० बर्ष पुगेका बृद्धबृद्धालाई सेवा दिने गरी केन्द्र
सञ्चालनमा ल्याईएको हो । विन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समितिले बृद्धबृद्धाको लागि निशुल्क दिवा
सेवा प्रदान गर्ने गरी मिलन केन्द्र स्थापना गरेको अध्यक्ष गणेश बहादुर श्रेष्ठले बताए ।

समितिले
अहिले ३० जना बृद्धबृद्धा बस्न सक्ने क्षमताको केन्द्रमा खाजाको ब्यबस्था सहित श्रव्यदृष्य सामाग्री,
मनोरञ्जनका साधन सहित स्थापना गरिएको हो । केन्द्रमा दैनिक आउने बृद्धबृद्धाको लागि महिनामा तीन पटक
सम्म निशुल्क स्वास्थ्य परिक्षणको समेत ब्यबस्था गरिएको समितिका सचिब तिर्थ श्रेष्ठले जानकारी दिए । चार
कोठे भवनमा एउटा कोठामा टिभी सहित मनोरञ्जन हल, दुई वटा कोठामा महिला र पुरुषको लागि छुट्टा छुट्टै
विश्राम गर्ने ब्यबस्था छ ।

जेष्ठ नागरिकको हेरचाहको लागि दुई जना कर्मचारी पनि खटिनेछन् ।
केन्द्र सञ्चालनको लागि मासिक एक देखि डेढ लाख रुपैया खर्च लाग्ने समितिका अनुमान छ ।  खर्च सरकारी
अनुदान, मन्दिरमा आउने भक्तजन र विभिन्न संघसंस्था, व्वसायीबाट सहयोगको रुपमा प्राप्त हुने समितिको
अनुमान छ । केन्द्रमा सेवा लिन अहिले सम्म २० जना सम्पर्कमा आएको समितिले जनाएको छ । समितिमा निवेदन
दिएको आधारमा छनौट गरिने श्रेष्ठले बताए ।

समितिको सवारी नभएकाले आफै हिडेर आउन सक्ने वा
परिवारजनले ल्याउने लागे गर्ने बृद्धबृद्धालाई प्राथमिकता दिएको बताए ।  बृद्धबृद्धालाई कहिलेकाही पोखरा
आसपासको क्षेत्रको भ्रमणमा समेत लगिने समितिले जनाएको छ । माग भएमा केन्द्रलाई बिस्तार गर्न पनि सकिने
समितिको लक्ष्य छ । जेष्ठ नागरिकको सम्मान र संरक्षण गर्ने उद्देश्यले केन्द्र सञ्चालन गर्न लागिएको
समितिका अध्यक्ष श्रेष्ठले बताए । केन्द्रको सोमबार मुख्य सचिव डा सोमलाल सुवेदीले उद्घाटन गरेका छन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव