2026-06-19 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

बजार बन्द गराउन खाज्ने सात जना पक्राउ

2016-11-22

सुमन मल्ल/मङ्सिर ७, मुगु । अलग गाउँ पालिकाको माग गर्दै सरकारी तथा गैर सरकारी कार्यालय आईतवार देखि बन्द गराउदै आएका रारा,कालै र धैनकोट गाविसका स्थानीयवासीले मंगलबार बजार बन्द गराउन खोज्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 सरकारी तथा गैर सरकारी कार्यालय अलग गाउँ पालिकाको  माग गर्दै आएका स्थानीयले बन्द गराए पछि सर्व साधारण सेवा लिनबाट बञ्चित भएकाले स्थानीय प्रशासनले प्रहरी परिचालन गरि मंगलबार १२ बजेबाट कार्यालय सञ्चालनमा ल्याएको छ । 

यस क्रममा बन्द गराउन खोज्ने आन्दोलनका संयोजक दानबहादुर शाही , धर्मराज शाही, देवीलाल मल्ल, परुनाथ योगि, जयबहादुर शाही, राजेन्द्र शाही र जितेन्द्र बमलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दिउसो १२ बजेबाट सरकारी तथा गैर सरकारी कार्यालय खुले पछि कार्यालयका काम काज सञ्चालनमा आएका छन । जिल्ला प्रशासन कार्यालयले सबै सरकारी कार्यालयमा प्रहरी तैनाथ गरेको जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ