मङ्सिर ७, काठमाडौँ । भाषा आयोगले आफ्नो कार्यक्षेत्र र भावी योजनाका सम्बन्धमा सरोकार भएकाहरुको सुझाव लिन थालेको छ ।

नेपालको संविधानको धारा २८७ बमोजिम गत भदौ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ७, काठमाडौँ । भाषा आयोगले आफ्नो कार्यक्षेत्र र भावी योजनाका सम्बन्धमा सरोकार भएकाहरुको सुझाव लिन थालेको छ ।

नेपालको संविधानको धारा २८७ बमोजिम गत भदौ"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भाषा आयोगले सुझाव लिन थाल्यो

७ मंसिर २०७३, मंगलवार ११:१२

मङ्सिर ७, काठमाडौँ । भाषा आयोगले आफ्नो कार्यक्षेत्र र भावी योजनाका सम्बन्धमा सरोकार भएकाहरुको सुझाव लिन थालेको छ ।

नेपालको संविधानको धारा २८७ बमोजिम गत भदौ २३ मा गठित सो आयोगले आज पहिलो औपचारिक कार्यक्रम गरी विभिन्न भाषाभाषीका विज्ञ तथा ‘गोरखापत्र’ दैनिकको मातृभाषाका पृष्ठ संयोजकसँग छलफल गरेको हो ।

आयोगका अध्यक्ष डा लवदेव अवस्थीले संविधानको व्यवस्था बमोजिम एक वर्षभित्र वैज्ञानिक विश्लेषण गरी कामकाजी भाषाको यकिन गरिने बताउँदै त्यसपूर्व कामकाजी भाषाको मान्यता पाउने आधार तयार गरिने जानकारी दिए।

नेपालमा बोलिने सबै भाषाको स्थान सुरक्षित गर्ने काममा आफूहरु योजनाबद्ध रुपमा लाग्ने उनले बताए। छ वर्षीय कार्यकाल रहेको सो आयोगमा सदस्य भने नियुक्त भएका छैनन्। संविधानमा प्रत्येक प्रदेशबाट प्रतिनिधित्व हुने गरी सात सदस्यीय आयोग गठनको व्यवस्था छ।

भाषाविद् प्रा डा माधवप्रसाद पोखरेलले राष्ट्रिय जनगणनाको तथ्याङ्कमा पूर्ण सत्यता नरहेको बताउँदै कम्तीमा ६०/७० प्रतिशतले बोल्ने भाषालाई मात्र कामकाजी भाषाको मान्यता दिन सुझाव दिए।

हाल सात कर्मचारीलाई काजमा लिएर सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सम्पर्क कार्यालय राखेको आयोगले आफ्नै कार्यालय भवनका लागि सार्वजनिक सूचना प्रकाशन गरेको आयोगका उपसचिव गणेशप्रसाद भट्टराई जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ