2026-10-23 02:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

एक्ला रामबहादुर खुट्टा काटिएपछि बेसहारा

सन्देश पौडेल/मङ्सिर ८, लमजुङ । सिम्पानीका रामबहादुर परियारले दर्जनाँै पटक हिमाल चढ्नुभएको छ । विदेशीको भारी बोकेर कयाँैपटक हिमालपारि पुग्नुभयो । अहिले उहाँको शरीरमा शक्ति छैन, सहारा दिने पनि कोही छैनन् । भरिया बनेको बेला हिउँमा डुबेको खुट्टाले अहिले पीडा दिएको छ । 

एउटै खुट्टा दुई पटकसम्म काटिएपछि सिम्पानीका रामबहादुर परियार अहिले बिचल्लीमा पर्नुभएको छ । भारी बोकेर हलो जोतेर जवानी बिताउनुभएका रामबहादुर बेसहारा बन्नुभएको छ । 

“चार वर्षअघि हिँउले खुट्टा खाएर सानो घाउ भएको थियो”, रामबहादुरले भन्नुभयो, “यति धेरै दुःख पाइएला भन्ने लागेको थिएन, खुट्टा गुमाउनुपर्छ भनेर सोचेको पनि थिइनँ, अहिले एउटै खुट्टा दुईपटकसम्म काट्नु प¥यो ।” “बल छँदै मजदुरी गरेर कमाएको धनले बुढेसकालमा आराम गरौँला भन्ने सोचेको थिएँ, तर अकल्पनीय दुःख पाएँ”, आँखाभरि आँसु पार्दै परियारले भन्नुभयो । 

परियारको दाँहिने गोडाको घुँडाभन्दा केही तल सामान्य घाउ भयो, उहाँले सामान्य घाउ भनेर केही वास्ता गर्नु भएन । घाउ निको भएन, तर झन् ठूलो भयो । अन्ततः अस्पताल आउन बाध्य हुनुभयो । चिकित्सकले शल्यक्रिया गरेर खुट्टा नै काटिदिए । बैसाखीको सहारामा हिँड्दै आउनुभएका ५५ वर्षीय रामबहादुरको परिवारमा कोही छैनन् । आमाबुबा गुमाई सक्नुभएका परियार अविवाहित हुनुहुन्छ । 

“एक्लै बस्छु, बिहे पनि गरेको छैन, दुःख बिमार पर्दा आपत् पर्दोरहेछ”, उहाँ भन्नुहुन्छ । जीविकोपार्जनका निम्ती ज्याला र मजदुरीमा व्यस्त बन्नुभएका रामबहादुरले आफ्नो घाउलाई राम्रो स्याहार गर्न पनि सक्नुभएन । शल्यक्रिया गरिएको घाउमा सरसफाइ र पोषण नपुगेपछि निको हुनुको सट्टा घाउ झन् ठूलो भयो । दुई वर्षपछि उहाँले फेरि दुःख पाउनुभयो । 

“उहाँको बोन क्यान्सर भएको रहेछ, खानामा पोषण नपुगेर उहाँको घाउमा सुधार नभएको हो”, अस्पतालका चिकित्सक डा प्रकाश साहुले भन्नुभयो, “अहिले फेरि शल्यक्रिया गरिएको छ, अस्पतालकै निगरानीमा राखेर पोषणयुक्त खाना खुवाउँदै आएका छौँ ।” 

दोस्रोपटक अस्पताल आउनुभएका परियारको खुट्टा पुनः काटिएको छ । घाउमा गम्भीर समस्या भएकाले उहाँको खुट्टा शल्यक्रिया गरेर दोस्रोपटक काट्नुको विकल्प नभएको चिकित्सकले बताएका छन् । परियार अहिले अस्पतालमा उपचारत हुनुहुन्छ । 

गरिबीका कारण उपचार खर्चसमेत नभएका परियारलाई उपचार अवधिभर अस्पतालले नै खानाको व्यवस्था गरिदिएको छ । परियारको उपचारका लागि पहिलोचोटि करिब दुई लाख रुपैयाँ लागेको थियो । 

दोस्रोपटकको उपचारमा पनि डेढ लाखभन्दा बढी लागेको अस्पतालकी शोभा ठकुरीले जानकारी दिनुभयो । परियारका लागि सहयोग गर्ने कोही नहुँदा अस्पतालले निःशुल्क उपचार गराइरहेको ठकुरीले बताउनुभयो । 

घाउ सफा गर्नको निम्ति दैनिक अस्पताल आउने गरी परियारलाई अस्पतालबाट बाहिर राखिएको छ । परियार अहिले अस्पताल नजिकै आफन्तको डेरामा बस्दै आउनुभएको छ । केही दिन आफन्तकामा बसेपनि केही दिनपछि जाने ठाउँ नभएको उहाँले बताउनुभयो । आफ्नो नाममा सानो टुक्रा जमिन र एउटा झुप्रो भए पनि खुट्टाका कारण काम गर्न नसक्ने उहाँ बताउनुहुन्छ । काम गर्ने आफ्नो बल र सहयोगी कोही नहुँदा आफू बिचल्लीमा परेको उहाँले बताउनुभयो । 

“दिनदिनै अस्पताल जानुपर्छ, त्यही भएर केही दिन आफन्तकहाँ बसेको छु, अब कहाँ जाने थाहा छैन”, परियारले भन्नुभयो, “उमेर र बल छँदा अरूको निम्ति काम गरियो, अहिले आफू बेसहारा भएर बाँच्नु परेको छ, जिन्दगीमा निकै पीडा हुने रहेछ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने