१२ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गरिबको न्यायमा पहूँच कहिले पुग्छ सरकार ?

१० मंसिर २०७३, शुक्रबार १२:५७


मङ्सिर १०, काठमाडौँ । देशमा राजतन्त्रको समाप्त भएर ‘जनताको शासन जनताले नै गर्न पाउने’ गरी लोकतन्त्र आएको छ । 

त्यही लोकतन्त्र स्थापनाका लागि सयौं नेपालीले प्राणाहूति गर्नुपर्यो । लोकतन्त्र प्राप्तिका लागि लड्दा कति बुवा आमा निसन्तान भए, कति सन्तान टुहुरा भए, कतिको सिउँदो पुछियो । नेपाली जनताको कठोर संघर्षपछि प्राप्त लोकतन्त्रको प्रदूर्भावपछि आफुअनुकुलको शासनव्यवस्थाको अपेक्षामा रहेका जनताले भने अहिले सम्म पनि लोकतन्त्र आएको महसुस गर्न पाएका छैनन् । जनताले अझै पनि कानून गरिब जनताको पक्षमा पनि हुन्छ भन्ने कुरा महशुस गर्न नपाएका हुन् । त्यसका ज्वलन्त उदाहरण हुन् तनहुँका विष्णुहरि गैरे, जो न्यायका लागि संघर्ष गर्दा गर्दै जीवनदेखि थाकिसके । 


 जिल्ला तनहूँ माझकोट गाविस वडा नम्बर ९ का गैरेले न्यायका लागि देशमा रहेका विभिन्न संवैधानिक निकाय धाइसके तर पनि न्याय पाउन नसकेपछि उनले देशको कानून गरिबहरुलाई ‘समाउनकै’ लागि बनेको महशुस गरेका छन् । 

घरको पारीवारिक अवस्था कमजोर रहेका कारण बिष्णुहरी गैरे बि.स. २०२८ सालमा सम्पति कमाएर बावुआमालाई सुख साथ पाल्ने उद्देश्य बोकेर जागिरको शिलसिलामा छिमेकी मूलुक भारत तर्फ प्रस्थान गरे । 

भनेजस्तो रोजगारी नपाएको र स्वदेश फर्कनका लागि पनि आर्थिक अवस्था नाजुक भएका कारण लामो समय सम्म बिष्णुहरी भारत मा नै बस्नु पर्यो । ४१ बर्ष लामो भारत बसाई पछि बिष्णुहरी २०६९ सालमा स्वदेश फर्किए । उनी स्वदेश फर्केर आफ्नो गाउँ गए, गाउँमा पुगेपछि उनले आफ्नो घर, जग्गाजमिन केही पनि नभएको थाहा पाए । 


पछि बुझ्दा बावुआमाका एक मात्र छोरा बिष्णुहरीको पैतृक सम्पति आफ्नै दिदीका छोराहरुले बिष्णुहरीको मृत्यु भइसकेको भन्ने झुठा विवरण बनाएर आफ्ना नाममा पारी बिक्री गरिसकेको थाहा भयो । 

आफ्नो बासबस्ने घर तथा जग्गा जमिन केही नभएपछि बिष्णुहरीले दिदीहरु समक्ष आफ्नो पैतृक सम्पति फिर्ता गर्न आग्रह गरे । दिदीहरुले सम्पती फिर्ता नगर्ने बताएपछि कानूनी उपचारका लागि बिष्णुहरी जिल्ला अदालत पुगे । जिल्ला अदालतले ५० प्रतिशत जग्गामा विष्णुहरिको हक लाग्ने फैसला सुनायो । 

त्यसपछि फेरी विपक्षीहरुले पुनरावेदनमा मुद्दा हालेर विष्णुले पाएको जग्गा फेरी आफ्नो नाममा पारे । आर्थिक अवस्था कमजोर भएका पुनरावेदनमा मुद्दा हार्नुपरेको उनले बताए । कानूनी उपचार नपाएका बिष्णुहरी गैरेले आफ्नो दुःखद यथार्थबारे शुक्रवार काठमाडौँको मिडिया इन्टरनेसनलमा पत्रकार सम्मेलनको आयोजना गरेर बताएका हुन् । 


 के भने त बिष्णुहरी गैरेले पत्रकार सम्मेलनमा ?

गरिब भएकै कारण आफूलाई अन्याय पर्दा समेत न्याय नपाएको भन्दै बिष्णुहरी गैरेले पत्रकार सम्मेलन गरे । मिडिया इन्टरनेसनलको हलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बिष्णुहरी गैरेले पत्रकारहरु समक्ष आफू अन्यायमा परेको र न्याय दिलाउन सहयोग गर्न अनुरोध गरे । 

पत्रकारहरु समक्ष आफ्नो कहानी सुनाउँदै बिष्णुहरीले भने–‘म २०२८ सालमा भारत गए, ४० बर्ष पछि २०६९ सालमा म घर फर्कदा मेरो बुवा २०३८ सालमा र आमा २०६३ सालमा स्वर्गवास हुनुभएको खबर पाएँ । अनि मेरो जायजेथा सबै मेरी जेठी दिदी बिष्णुमाया ढकाल र कान्छी दिदी गौरीमाया पौडेलका छोराहरुले मेरो मृत्यु भइसकेको र अंशियार नभएको भन्दै किर्ते जालसाच गरी आफ्नो नाममा पारेर बिक्री  समेत गरिसकेका रहेछन् ।’ 

त्यसपछि आफ्नो जायजेथा फिर्ता गर्न कानूनी उपचार तिर लाग्नु भएन त भन्ने पत्रकारहरुको प्रश्नमा बिष्णुहरी गैरेले भने –‘म जिल्ला अदालत देखि क्षेत्रिय अदालतसम्म पुगँे तर कहीँबाट पनि न्याय पाउन सकिन ।’ आफूले जिल्ला अदालत तनहूँमा जालसाची मुद्धा दायर गरको र अदालतले २०७१ जेठमा आधा सम्पती फिर्ता गर्ने भनि फैसाला सुनाएको तर, पुनरावेदन अदालतमा मुद्धा पुर्याएर आफूले जानकारी नै नपाइ मुद्धा डिसमिस बनाएको बिष्णुहरी गैरेको गुनासो थियो । 

 आफ्नै वकिलले झुक्याए

आफ्नो सम्पती फिर्ता हुने आशमा न्याय खोज्दै बिष्णुहरी गैरे सर्वप्रथम जिल्ला अदालत, तनहूँ पुगे । जिल्ला अदालतले आधा सम्पति फिर्ता गर्न फैसला सुनायो । 

जिल्ला अदालतको फैसला चित्त नबुझेको भन्दै बिष्णुहरीका विपक्षी पुनरावेदन अदालत पुगे । बिष्णुहरीले पुनरावेदन अदालत पोखराबाट तामेली भएको म्याद बुझे । पुनरावेदनको म्याद बुझेपछि प्रतिवादी लेखेर थाप्नका लागि आवश्यक राय सुझाव लिन उनका वकिल कमलामोहन वाग्ले समक्ष पुगे । व

किल वाग्लेले पुनराबेदनमा प्रतिवादी थाप्नु पर्दैन बहस गरेर मुद्धा जित्न सफल बनाइदिने आश्वासन दिएर आफूलाई उल्लु बनाएको बिष्णुहरीले वताए । आफूलाई मुद्धाबारे केहि जानकारी नभएका कारण वकिलले विपक्षीको आर्थिक मोहमा परी झुक्याएको वताए ।

 वकिलले झुक्याए पछि पुनरावेदनमा प्रतिवादी थाप्न नगएका कारण नै बिष्णुहरीले मुद्धा हार्नु पर्यो । वकलिले समेत झुक्याए पछि थप कानूनी उपचारका लागि उनले नेपाल कानून व्यवसायी संघमा वकिललाई कारवाही गरिपाउँ भनि उजुरी गरे । पत्रकारहरुसंग दुःख व्यक्त गदै बिष्णुहरीले भने– ‘गरिब भएकै कारण मेरो उजुरीको सुनुवाई भएन ।’ 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको रसिद देखाउँदै बिष्णुहरीले भने ‘म न्यायका लागि धेरै ठाउँ पुगि सके तर न्याय पाउन सकेको छैन् ।’

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एयर इण्डियाको जहाजमा शंकास्पद वस्तु भेटिएन, दिल्ली उडानको तयारी एमाले कार्यालयको जग्गादान प्रक्रिया तत्काल यथास्थितिमा राख्न अल्पकालीन आदेश रविले हिरासतमा कतिबेला भेटघाट गर्न पाउँछन्, बाँकी समय के गरेर बिताउँछन् ? बम राखिएको सूचनापछि दिल्ली उड्न लागेको एयर इण्डियाको विमानमा सर्च मुलुकभित्र वर्षेनी ५ लाख रोजगारीका अवसर सिर्जना गर्न आवश्यक: श्रममन्त्री भण्डारी सर्वोच्च अदालत कात्तिक १५ देखि १९ गतेसम्म बन्द रहने धोनीले आइपीएल खेल्ने इजरायली आक्रमणमा परेर गाजामा पछिल्लो २४ घण्टामा ७० जनाको ज्यान गयो अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गराउनु उचित छैन : सांसद बडु सरकारले भ्रष्टाचारका बारेमा शून्य सहनशिलताको नीति अपनाउँछः गृहमन्त्री धनराज गुरूङमाथि अनुसन्धान गर्न गगन थापाको माग महोत्तरीमा अनुहार जलाइएको अवस्थामा महिलाको शव फेला, हत्याको आशंका गृहमन्त्रीलाई रास्वपा सांसदको आग्रह : लामिछाने भाग्दैनन्, बाहिरै राखेर अनुसन्धान होस् ज्योतिष डा.अधिकारी भन्छन् : ‘मुलुक मध्यावधिमा जान्छ, सरकार कामचलाउ हुन्छ’ बझाङमा जीप दुर्घटना, चारजना घाइते नेपाल र भारतबीच फुटबल, चलचित्र जस्तै ओलीले भने, ‘म आउन भ्याइँन गृहमन्त्री आउनुहुन्छ बैठकमा’ नेपाल प्रिमियर लिग: आठवटै टिमले पाए प्रशिक्षक, कुन टिममा को ? हालसम्मकै उच्च विन्दुबाट आज घट्यो सुनको भाउ, तोलाको कति? बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवानद्वारा आत्महत्या