पढ्न करिब 2 मिनेट लाग्छ

खकेन्द्र केसी/मंसिर ११, सल्यान । “घर शान्ती नै विश्व शान्तीको आधार, दिगो विकासका लागि लैगिक रहित समाज” भन्ने नारा सहित आज लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन गरिएको छ ।

सल्यानमा पनि दिवसका अवसरमा सडक नाटक तथा लोकगीत प्रतियोगिता सम्पन्न भएको छ । लैंगिक हिंसा निवारण जिल्ला संयोजन समिति सल्यानको आयोजनामा श्रीनगरमा भएको कार्यक्रममा सरोकारवाला विभिन्न निकायको सहभागिता रहेको थियो ।

सहभागीहरुले यो अभियानले समाजमा चेतना दिने भन्दै त्यसले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निभाउने बतएका तिए । लैंगिक हिंसा निवारण समितिका संयोजक दुर्गादत्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महिला मानव अधिकार रक्षक संजालकी अध्यक्ष सोभिता बस्नेतले गरेकि थिइन । कार्यक्रममा रेडियो तहल्का तथा अनलाइन तहल्का संचालनमा ल्याएको उज्यालो संचार केन्द्रको नाटक समूहले सडक नाटक प्रस्तुत गरिएको थियो ।

महिला हिंसा विरुद्धको लोक गीत प्रतियोगितामा हिमा बोहरा प्रथम, लिला वि.क. द्धितिय, एलिसा डि.सी. तृतिय र सरिता मगर सान्त्वना बनेका छन ।

कार्यक्रमका लागि जिल्ला विकास समिति, महिला बालबालिका कार्यालय, रेडक्रस, ओरेक, पहल, दलित विकास समाज, पास नेपाल, महिला मानव अधिकार रक्षक संजाल लगायतले सहयोग गरेका हुन ।

१६ दिन सम्म मनाइने यो अभियानका अवसरमा सल्लीबजार, लक्ष्मीपुर र थारमारेमा पनि कार्यक्रम गरिनेछ ।

स्थानिय विकास अधिकारी खिम बहादुर रायमाझीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा महिला विकाश अधिकृत राज कुमारी राई लगायत विभिन्न सरोकारवाला निकायको आतिथ्यता रहेको थियो ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र राष्ट्रिय महिला आयोगको नेतृत्वमा सञ्चालन गरिने अभियानमा देशव्यापी रुपमा यस क्षेत्रमा क्रियाशील संस्थाहरूले १६ दिने अवधिमा महिला हिंसाविरुद्धका चेतनामूलक कार्यक्रम गर्ने तयारी गरेका छन् । संयुक्त राष्ट्रसङ्घको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसको रूपमा यो अभियान मनाउने निर्णय गरेको थियो ।

त्यसै समयदेखि नेपालसहित विश्वका थुप्रै मुलुकमा लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन गर्न लागिएको हो । हरेक वर्ष नोभेम्बर २५ देखि १० डिसेम्बरसम्म १६ दिन लैङ्गिक हिंसाविरुद्ध ऐक्यबद्धता जनाउन र जनचेतना कायम राख्न विश्वव्यापी रूपमा विभिन्न क्रियाकलाप र कार्यक्रम आयोजना गरिन्छ ।