2026-09-08 12:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

स्मार्ट ल्याबमै विद्यालयको कक्षा

मंसिर १३, ललितपुर । चिटिक्क परेको प्रयोगशाला कोठामा विद्यार्थी हातमा ट्याब बोकेर पढ्न बस्छन् । शिक्षकले डिस्प्लेबाटै पढाउन थाल्छन् । विद्यार्थी धमाधम ट्याब हातमा लिएर टाइप गर्न थाल्छन् । नमिलेका कुरा हातले नै मेटाउँछन् । शिक्षक नभएका समयमा समेत विद्यार्थी गुगलमार्फत नजानेका कुरा सिक्छन् । 

मङ्गलबजारस्थित आदर्श कन्या उच्च माध्यमिक विद्यालयमा आगामी चार महिना पछि देखिने दृश्य हो यो । स्यामसुङ कम्पनीले उपत्यकामा चार विद्यालयमा ‘स्मार्ट ल्याब’ बनाइरहेको छ । ललितपुरको एक मात्रै छात्रा विद्यालयका रुपमा रहेको आदर्श कन्या उमावि त्यसमध्ये एक हो । डिजिटल प्रणालीबाट कक्षा सञ्चालन हुने भएपछि शिक्षक, अभिभावक र विद्यार्थी सबै उत्साहित भएका छन् । 

कम्पनीले तीन महिना पहिलेदेखि ल्याब बनाउन सुरु गरेको थियो । यही शैक्षिकसत्रको अन्त्यसम्ममा जडानका सबै काम सकिनेछ । आगामी शैक्षिकसत्रदेखि स्मार्ट ल्याबमै कक्षा सुरु हुने प्रधानाध्यापक मोहनप्रसाद सिंहले बताउनुभयो । कम्पनीले ४० वटा ट्याब उपलब्ध गराएकाले एक पटकमा ४० जना विद्यार्थीले ल्याबमा पढ्न सक्छन् । पूर्व–प्राथमिक कक्षाबाट १२ कक्षासम्मका विद्यार्थी पालैपालो ल्याबमा गएर पढ्न सक्छन् । उहाँले भन्नुभयो, “विद्यार्थीका हातमा ट्याब भएपछि उनीहरुले अझै रमाइलो तरिकाले पढ्न सक्छन् ।” 

विद्युत् कटौतीको समयमा समेत ल्याब सञ्चालन होस् भनेर सौर्य किरणबाट ब्याट्री चार्ज हुने व्यवस्था मिलाइएको छ । यस्ता १५ वटा ब्याट्री कम्पनीले व्यवस्था गर्दैछ । शिक्षकका लागि पहिले तालिम दिने कम्पनीले बताएको छ । उहाँ भन्नुहुन्छ, “यहीँ कार्यरत शिक्षकलाई नै तालिम दिएर आगामी सत्रदेखि कक्षा सुरु गर्न लागिएको हो ।” विद्यालयले झन्डै दुई लाख रुपैयाँ ल्याबका लागि खर्च गरेको उहाँले बताउनुभयो । कम्पनीले सामान सुरक्षित हुने ठाउँ माग गरेको थियो । 

दृश्य माध्यमबाट अध्यापन हुँदा विद्यार्थीले अझै सजिलै बुझ्ने उहाँ बताउनुहुन्छ । अरू सामुदायिक विद्यालयमा जस्तै विद्यार्थी सङ्ख्या न्यून हुँदै गएकामा विद्यार्थी बढाउन स्मार्ट ल्याबले काम गर्नेछ । अहिलेदेखि नै विद्यार्थी उत्साहित भएका छन् । उहाँ भन्नुहुन्छ, “अहिलेदेखि नै विद्यार्थी ट्याबबाट पढ्न पाइन्छ भनेर दङ्ग परेका छन् ।” कम्पनीले भारतबाट नै शिक्षकले विद्यार्थीलाई डिस्प्लेबाट पढाए÷नपढाएको निगरानी गर्नेछ । 

महिलालाई शिक्षा दिन विसं २००४ सालमा यो विद्यालय स्थापना गरिएको थियो । विद्यालयमा अहिले आर्थिक रुपमा विपन्न बालिका पढ्ने गरेका छन् । विद्यालयमा छात्रलाई समेत पढाउन जिल्ला शिक्षा कार्यालयले भने पनि विद्यालयले यसलाई महिला विद्यालयकै रुपमा राख्न चाहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल