प्रेम सुनार/मङ्सिर १३, गुल्मी । गुल्मी जिल्लाकी सशक्त महिला अधिकारकर्मी जानकी ज्ञवाली गौतमको गएराती अल्पाआयुमै निधन भएको छ । 

के"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/मङ्सिर १३, गुल्मी । गुल्मी जिल्लाकी सशक्त महिला अधिकारकर्मी जानकी ज्ञवाली गौतमको गएराती अल्पाआयुमै निधन भएको छ । 

के"/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

महिला अधिकारकर्मी ज्ञवालीको निधन

२०७३, १३ मंसिर सोमबार १२:५८


प्रेम सुनार/मङ्सिर १३, गुल्मी । गुल्मी जिल्लाकी सशक्त महिला अधिकारकर्मी जानकी ज्ञवाली गौतमको गएराती अल्पाआयुमै निधन भएको छ । 

केहि वर्ष अघि वे्रनट्युमरको समस्या रहेकी ३७ वर्षिया ज्ञवालीको  गएराती करिव ११ वजेको  समयमा एक्कासी अचेत भई वुटवलमा  मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दियो । 

 ५ वर्ष अघि व्रेन ट्युमरको समस्या आए पछि अप्रेशन गरेर निको पारिएको थियो , कहि दिन अघि पनि त्यस्तै समस्या देखा परे पछि उपचार गर्न लगिएको थियो । हिजो एक्कासी सोही विमारका कारण अचेत भएको केहि वेरमै मृत्यु हुन पुगेको बताईएको छ । 

 विद्यार्थी जिवन काल देखि नै महिला अधिकारकर्मीका रुपमा सक्रिय हुँदै आएकी ज्ञवाली जिल्लाका कैयौं समाजिक संघ संस्थामा आवद्ध थिईन् । महिला मानव अधिकारी रक्षक सञ्जाल गुल्मीकी अध्यक्ष रहेकी ज्ञवाली सेतो गुराँस वालवालिक केन्द्रकी सचिव थिईन भने जिल्ला वाल संगठनकी उपाध्यक्ष पनि थिईन् ।

उत्पीडित समुदाय उत्थान केन्द्रले सञ्चालन गरेको स्थानिय साशन तथा सामुदायिक विकास कार्यक्रमकी संयोजक समेत रहेकी ज्ञवाली कुनै राजनैतिक दलको आश्थाबाट यहाँका महिला र वालवालिकाको क्षेत्रमा पहिलो महिलाको रुपमा   सक्रिय रहेको उनका समकक्षीहरु बताउँ छन् । 

  उनी कुनै राजनैतिक दलमा सक्रिई नभई  त्यस क्षेत्रमा काम गरेको उनकी समकक्षी सिता भुसालले बताईन् । ‘उहाँको मृत्युले हामीले महिला र वालवालिकाको क्षेत्रमा  स्वतन्त्र रुपले काम गर्ने होनाहर साथी गुमाएका छौं , भुसालले भनिन –‘यो भावविहल अवस्थामा धेरै बोल्न सकिन तर उहाँको वारेमा छोटो शव्दमा बोलेर पुग्दैन् । ’

  उनको मृत्युबाट परिवारका सदस्य जति शोकाकुल रहेका छन् त्यतिनै शोकाकुल उनि संगै काम गरेका महिला अधिकारकर्मीहरु रहेका छन् । उनले चेलवेटी वेचविखन विरुद्धको अभियान पनि तिव्र पारेकी थिईन् ।

   कसैसंग आक्रोशको भाव नआउने ज्ञवाली कुनै पनि व्यक्ति संग नमुस्कुराई नवोल्ने स्वभावकी थिईन् । उनका श्रीमान शंकरप्रसाद गौतम जिल्ला विकास समितिको कार्यक्रम अधिकृत हुँदा पनि उनले श्रीमानको पहुँच लगाएर कहिल्लै जागिर खान रुचाईनन् । 

  स्नातक उतिर्ण गौतय योग्य र सक्षम  महिला हुँदाहुँदै धेरै समय वेरोजगार बसीन् । उनलाई घमण्ड कहिल्लै आएन् । अधिकारकर्मीहरु भन्छन् हामीले हाम्रो मान्छे राम्रो मान्छेलाई गुमाएका छौं । गुल्मीकै वलेटक्सार गाविसकी चेली र सोही गाविसकी वुहारी बनेकी ज्ञवाली परिवार पछिल्लो चरण वुटवलमा वसाई सराई गरेको थियो । 

 उनका दुई नावालक छोरा र छोरी छन् । दुई सन्तान ईस्वरका वरदान भन्दै त्यो भन्दा बढि सन्तान नजन्माउने निधो गरेका ति दम्पत्तीको अत्यन्तै हँसिन र सुखी दाम्पत्य जिवन थियो । दुवै दम्पत्ती सधैव हंशमुख रहँदै र सवै संग मृदभाषी हुँदै आई रहेको बेला त्यो मुस्कान खोसेर नियतिले ठुलो बज्रपात गरेको छ । सम्झनामा उनै जानकी ज्ञवाली गौतम र अंस्ती विहान सम्मको त्यो सुखत दाम्पत्य जिवन , श्रीमान, छोरा छोरी र साथीहरुको साथमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का