१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङको चैनपुरदेखि उराई भन्ज्याङसम्म पदमार्ग बनाउन माग

१३ मंसिर २०७३, सोमबार १३:१२

मङ्सिर १३, काठमाडौँ । बझाङको चैनपुरदेखि उराई भन्ज्याङसम्मलाई पदमार्गका रुपमा विकास गनुपर्ने सरोकार भएकाहरुले बताएका छन् । 

नेपाल पर्वतारोहण सङ्घ साइपाल हिमाल शाखाले यहाँ आज गरेको छलफल कार्यक्रममा उक्त ठाउँमा आन्तरिक पर्यटकलाई आकर्षण गर्नका लागि पदमार्गका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । 

सो अवसरमा नेपाल पर्यटन बोर्डका सदस्य राजेन्द्र सापकोटाले बोर्डले पदमार्ग बनाउनका लागि सक्दो सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । बोर्डका केबी शाहले सुदूरपश्चिमको पर्यटनलाई व्यवसायीकरण गर्नुपर्ने औँल्याउनुभयो । 

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)का अध्यक्ष चन्द्र रिजालले चैनपुरदेखि ताक्लाकोटसम्म पदमार्गको विकास गर्नुपर्ने बताउनुभयो । टानका महासचिव कर्ण लामाले निजी क्षेत्र पर्यटन प्रवद्र्धन गर्न तयार रहेको जानकारी गराउनुभयो ।

सङ्घ साइपाल हिमाल शाखाका अध्यक्ष कटक कठायतले सरकारले पदमार्ग बनाउन सहयोग गरे चैनपुरदेखि मानसरोवरसम्म जान सकिने बताउनुभयो । बझाङका पत्रकार किशोरविक्रम खड्काले उक्त ठाउँमा ऐतिहासिक सम्पदा, प्राकृतिक दृश्य अवलोकन र दुर्लभ जडीबुटी पाइने भएको पदमार्गको विकास गरेर पर्यटकलाई आकर्षित गर्न सकिन्छ भन्दै सरकारलाई पदमार्गका लागि बाटो र पुल बनाइदिन आग्रह गर्नुभयो । उहाँका अनुसार उक्त पदमार्ग हँुदै चैनपुरबाट मानसरोवर जान नौ दिन लाग्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु