पूर्णबहादुर खड्का । मङ्सिर १३, अछाम ।

रेडियोको प्रबन्धक पदमा को नियुक्त हुन्छ भन्दा सबैको उत्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पूर्णबहादुर खड्का । मङ्सिर १३, अछाम ।

रेडियोको प्रबन्धक पदमा को नियुक्त हुन्छ भन्दा सबैको उत्त"/>

२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामको रेडियो रामारोशनको प्रबन्धक पदमा भगेरा चरी नियुक्त

२०७३, १३ मंसिर सोमबार १७:०७

पूर्णबहादुर खड्का । मङ्सिर १३, अछाम ।

रेडियोको प्रबन्धक पदमा को नियुक्त हुन्छ भन्दा सबैको उत्तर पत्रकारीता गरेको मान्छे अथवा अरु कुनै पनि मान्छे भनेर भन्नु हुन्छ होला तर अछाम जिल्लामा यस्तो नभई एउटा अच्चमको कुरा भएको छ । तपाई यो कुरा सुने पनि पत्याउनु हुन्न होला तर रेडियो रामारोशनमा यस्तै भएको छ । 

भगेरा जातको चरालाई रेडियो रामारोशन एफ.एम. ९२ मेगाहर्जको प्रबन्धक पदमा नियूक्त गरिएको छ । रेडियोको संचालक समितीको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले रेडियो रामारोशन एफ एमको मंगलसैन नगरपालिका ६ , ठुलासैन स्थित प्रसारण केन्द्रको भवन परिसरमा एक बर्ष देखी नियमित रुपमा बसिरहेको भगेरा रुपमती ( गुयडा ) लाइ मिति २०७३ मंसिर १३ गते देखी लागु हुने गरी मानार्थ रेडियो प्रबन्धक पदमा नियुक्त गरिको छ । बन्यजन्तुको सरंषणका लागी सरकारी क्षेत्र, गैरसरकारी क्षेत्र सहित सरोकारवालाको ध्यानाकर्षण गर्न बन्यजन्तु सहीत पशुपंछीको समेत संरक्षणका लागी सांकेतीक दवाव सृजना गर्न रेडियो रामारोशन एफ एम ९२ मेघाहर्जको सञ्चालक समितिको हैसियतले यस्तो निर्णय गरेको रेडियोका कार्यकारी निर्देशक बेदप्रकाश तिमिल्सैनाले बताउनु भयो । 

बास स्थानको विनास, विसादीको प्रयोग, चोरी सिकारी र सञ्चारका उपकरण जस्तै टेलीफोनका टावरमा जडान गरिएका उपकरणका बिकिरणले प्रकृतीको कुचिकार गिद्ध, रामारोशन क्षेत्रमा पाइने डाँफे, खरमजुर र भगेरा लगायतका पंछी अछाम जिल्लामा अति संकटपन्न अवस्थामा पुगेकाले यस्तो दवावमुलक निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।  पसुपंछीको संरक्षणमा अछाम जिल्लामा राज्यको ध्यान पुग्न नसकेको ,सरकारी तथा गैरसरकारी क्षेत्र बेखवर रहेकाले प्रकतीका गहना पंछी संरक्षणमा समयमै सरोकारवालाको ध्यान जान सकोस भन्ने उद्धेस्यले यस्तो निर्णय गरिएको रेडियोले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी