मंसिर १४, पोखरा । मंसिरको तेस्रो हप्ता पोखरामा मञ्चन हुन लागेको नाटक एक रुपैयाँको तयारी पुरा भएको छ । “नाटकको उत्थान हाम्रो अभियान” भन्ने उद्घोषका साथ पञ्चा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मंसिर १४, पोखरा । मंसिरको तेस्रो हप्ता पोखरामा मञ्चन हुन लागेको नाटक एक रुपैयाँको तयारी पुरा भएको छ । “नाटकको उत्थान हाम्रो अभियान” भन्ने उद्घोषका साथ पञ्चा"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नाटक ‘एक रुपैयाँ’ मञ्चनको तयारी पुरा

१४ मंसिर २०७३, मंगलवार ०५:१८


मंसिर १४, पोखरा । मंसिरको तेस्रो हप्ता पोखरामा मञ्चन हुन लागेको नाटक एक रुपैयाँको तयारी पुरा भएको छ । “नाटकको उत्थान हाम्रो अभियान” भन्ने उद्घोषका साथ पञ्चामृत नाट्य समुह पोखराले यही मंसिर  १७ र १८ गते आफ्नो तेस्रो प्रस्तृतीका रुपमा पोखरामा मञ्चन गर्न लागेको  नाटक एक रुपैयाँको तयारी पुरा भएको जनाएको छ । 

आयोजक पञ्चामृत नाट्य समुह पोखराले पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी मंसिर १७ गते शुक्रबार र १८ गते शनिबार दुई दिन पोखरा उधोग बाणिज्य संघको सभाहलमा नाटक एक रुपैयाँ मञ्चन हुने जानकारी दिएको हो ।

कृष्ण उदासीको लेखन तथा निर्देशन रहेको नाटक एक रुपैयाँमा दिल प्रसाद गुरुङ, परिवर्तन, सवु पाठक, सितला अधिकारी, आशिष अधिकारी, रमेशबाबु तिमल्सिना, विवश बाबु, निलम तामाङ, ममता कार्कीको अभिनय रहने छ । नाटकको  सह–निर्देशन विष्णु प्रसाद गौतमले गरेका छन् भने प्रबन्धकमा उज्वल रेग्मी रहेका छन् । 

मञ्च व्यवस्थापनको जिम्मा हेमन्त हितेषीले लिएका छन् भने भेषभुषा र श्रृंगारमा दिपकमान उदास र कोरीयोग्राफि निलम तामाङले गर्ने नाटकका सयोजक तथा पञ्चामृत नाट्य समुहका अध्यक्ष परिबर्तनले जानकारी दिए । नाटकको संगित संयोजन दिल गुरुङ्ग र सुजित मान सिंहले गर्ने छन् भने नाटकमा उद्घोषकको जिम्मा बिष्णु बसौलाले लिएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै संयोजक परिबर्तनले नाटक एक रुपैयाँमा मनोरञ्जन भन्दा अभिनयलाई प्राथमिकता दिएका बताए  । उनले भने “बाध्यताले कसरी मानिसलाई गलत कार्य गर्न उत्पेरित गर्दछ भन्ने कुरा नाटक मार्फत देखाउन खोजका छौँ । गाँउबाट शहर झरेका ४ जना युवती कसरी डान्सबारमा डान्स गरी दैनिक गुजारा गर्न बाध्य हुन्छन् भन्ने कुरालाई नाटक मार्फत पस्कने प्रयास गरेका छौँ”।  

नाटकका लेखक तथा निर्देशक उदासीले  आफ्नो मनोरञ्जनको लागि लाखौ रुपैयाँ खर्च गर्न सक्ने धनाड्य युवाहरु र आफ्नो अनि परिवारको भविष्य सुन्दर हुने अपेक्षाका साथ पैसाका लागि जे पनि गर्न तयार हुने युवतीको वास्तविक कथाको फ्युजन नाटक एक रुपैयाँ  रहेको बताए । 

उनले केही नयाँ र अधिकांश पुराना कलाकारलाई देख्न पाइने बताउदै नाटकमा मनोरञ्जन कम र अभिनय बढी रहेको जानकारी दिए । यस नाटकमा नबिन शिल्प र शैलीको प्रयोग गरीएको भन्दै बिगतका नाटकमा भएका कमि कमजोरीलाई सुधार्दै अगाडी बढेको बताए । 

यस अघि पञ्चामृत नाट्य समुहले गत बैशाखमा नाटक पुलिस र प्यास मञ्चन गरेको थियो भने भदौमा नाटक मौसम हराएको देश सफलता पुर्बक मञ्चन गरीसकेको छ  । समुहले छिटै नै पोखरामा अर्को नाटक पनि मञ्चन गर्ने तयारी गरेको जनाएको छ । पञ्चामृत नाट्य समुहले पोखरामा नाटकघर निर्माण गर्ने लक्ष्य पनि राखेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो