२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बयालपाटा अस्पतालका सामुदायिक सल्लाहकार समितिका अध्यक्ष् सम्मानित

२०७३, १४ मंसिर मंगलवार ०९:२५

पूर्णबहादुर खड्का, १४ मंसिर बयालपाटा । बयालापटा अस्पतालमा गठित सामुदयिक सल्लाहकार समितीका पूर्व अध्यक्ष तथा वर्तमान अध्यक्षलाई आज मंगलबार एक कार्यक्रमका बिच सम्मान गरिएको छ । 

समितीका पूर्व अध्यक्ष अजुर्न ताम्रकार र बर्तमान अध्यक्ष रामबहादुर कुवँरलाई समितीमा रहेर राम्रो काम गरेको भन्दै सम्मान गरिएको हो । उहाँहरु दुबैजनाले समितमा रहदाँ संस्थाको विकास र सुधारका लागी आवश्यक सुझाब सल्लाह र सहयोग गरेको भन्दै अस्पतालले दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको हो । कार्यक्रममा समितीका अन्य सदस्यहरलाई पनि दोसल्ला ओडार सम्मान गरिएको थियो । 

कार्यक्रममा बोल्दै समितीका पूर्व अध्यक्ष अर्जुन ताम्राकारले संस्था स्थापनाकालमा थुप्रै चुनौती भएपनि अहिले फट्को मारेको बताउनु भयो । संस्था स्थापना गर्दा तत्कालिन डाक्टर झपट थापा, लालबहादुर कवँर लगायतका व्यक्तीहरुको ठुलो योग्दान रहेको समेत उहाँले उल्लेख गर्नुभयो । 

स्थापनाकालमा धेरै अप्ठेरो भएपनि अहिले अस्पतालको सेवा सुबिधा एकदमै राम्रो रहेको उहाँले प्रशंसा गर्नुभयो । दुरदराजका जनताको स्वास्थ्य सेवाका लागी सबैले आ आफ्नो तर्mबाट सहयोग गर्नुपर्ने ताम्राकारको भनाई थियो । यस्तै कार्यक्रममा वर्तमान अध्यक्ष रामबहादुर कुवँरले बयालपाटा अस्पताल सुदूरपश्चिमै उत्कृष्ट सेवा दिन सफल भएको दाबी गर्नुभयो । 

साथै उहाँले अछाम लगायत विभिन्न जिल्लाका जनताले यस अस्पतालबाट सेवा लिईरहेकोले अस्पतालको विकास र सेवा सुविधा थप गर्न संस्थाले पहल गुर्नपर्नेमा जोड दिनुभयो । अस्पताललाई आवश्यक पर्ने स्थानिय स्तरको सहयोगका लागी आुफ जहिले पनि तयार रहेको भन्दै उहाँले यसका लागी विभिन्न निकायसंग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

यस्तै सामुदायिक सल्लाहकार समितीको आज मंगलबार बसेको बैठकले जिल्लाका मुजाबगर, मंगलसेन र चौरमाण्डौमा सेवा विस्तारका लागी अस्पतालसंग अनुरोध गर्ने निर्णय गरेको छ । समितीका अध्यक्ष रामबहादुर कवँरको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको छ । 

यस बर्षको कार्यसमितीको समयअवधि मंगलबार (आजै) सकिएकाले अबको केही दिनमा नयाँ समिती चयन हुने प्रभाव विभागका प्रमुख पोषण थापाले बताउनु भयो । स्थानिय स्तरको सहयोग, सुझाब र सल्लाहका लागी समिती चयन भईरहेको उहाँले बताउनु भयो । 

जिल्लाका विभिन्न संघसंस्थाबाट सदस्य रहने गरी समिती गठन हुदै आएको छ । बिगत दुई बर्ष देखी अस्पतालमा गठन हुदै आएको सामुदायिक सल्लाहकार समितीको यो दोश्रो कार्यकाल हो । बैठकमा सामुदायिक स्वास्थ्य कार्यक्रमका उपनिर्देशक लालबहादुर कुवँर, अस्पतालका मेडिकल निर्देशक विकास गौचन लगायतको सहभागिता रहेको थियो । बैठकको सहजिकरण प्रभाव विभागका सामुदायिक म्यानेजर आरधना थापाले गर्नुभएको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी