२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बयालपाटा अस्पतालका सामुदायिक सल्लाहकार समितिका अध्यक्ष् सम्मानित

१४ मंसिर २०७३, मंगलवार ०९:२५

पूर्णबहादुर खड्का, १४ मंसिर बयालपाटा । बयालापटा अस्पतालमा गठित सामुदयिक सल्लाहकार समितीका पूर्व अध्यक्ष तथा वर्तमान अध्यक्षलाई आज मंगलबार एक कार्यक्रमका बिच सम्मान गरिएको छ । 

समितीका पूर्व अध्यक्ष अजुर्न ताम्रकार र बर्तमान अध्यक्ष रामबहादुर कुवँरलाई समितीमा रहेर राम्रो काम गरेको भन्दै सम्मान गरिएको हो । उहाँहरु दुबैजनाले समितमा रहदाँ संस्थाको विकास र सुधारका लागी आवश्यक सुझाब सल्लाह र सहयोग गरेको भन्दै अस्पतालले दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको हो । कार्यक्रममा समितीका अन्य सदस्यहरलाई पनि दोसल्ला ओडार सम्मान गरिएको थियो । 

कार्यक्रममा बोल्दै समितीका पूर्व अध्यक्ष अर्जुन ताम्राकारले संस्था स्थापनाकालमा थुप्रै चुनौती भएपनि अहिले फट्को मारेको बताउनु भयो । संस्था स्थापना गर्दा तत्कालिन डाक्टर झपट थापा, लालबहादुर कवँर लगायतका व्यक्तीहरुको ठुलो योग्दान रहेको समेत उहाँले उल्लेख गर्नुभयो । 

स्थापनाकालमा धेरै अप्ठेरो भएपनि अहिले अस्पतालको सेवा सुबिधा एकदमै राम्रो रहेको उहाँले प्रशंसा गर्नुभयो । दुरदराजका जनताको स्वास्थ्य सेवाका लागी सबैले आ आफ्नो तर्mबाट सहयोग गर्नुपर्ने ताम्राकारको भनाई थियो । यस्तै कार्यक्रममा वर्तमान अध्यक्ष रामबहादुर कुवँरले बयालपाटा अस्पताल सुदूरपश्चिमै उत्कृष्ट सेवा दिन सफल भएको दाबी गर्नुभयो । 

साथै उहाँले अछाम लगायत विभिन्न जिल्लाका जनताले यस अस्पतालबाट सेवा लिईरहेकोले अस्पतालको विकास र सेवा सुविधा थप गर्न संस्थाले पहल गुर्नपर्नेमा जोड दिनुभयो । अस्पताललाई आवश्यक पर्ने स्थानिय स्तरको सहयोगका लागी आुफ जहिले पनि तयार रहेको भन्दै उहाँले यसका लागी विभिन्न निकायसंग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

यस्तै सामुदायिक सल्लाहकार समितीको आज मंगलबार बसेको बैठकले जिल्लाका मुजाबगर, मंगलसेन र चौरमाण्डौमा सेवा विस्तारका लागी अस्पतालसंग अनुरोध गर्ने निर्णय गरेको छ । समितीका अध्यक्ष रामबहादुर कवँरको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको छ । 

यस बर्षको कार्यसमितीको समयअवधि मंगलबार (आजै) सकिएकाले अबको केही दिनमा नयाँ समिती चयन हुने प्रभाव विभागका प्रमुख पोषण थापाले बताउनु भयो । स्थानिय स्तरको सहयोग, सुझाब र सल्लाहका लागी समिती चयन भईरहेको उहाँले बताउनु भयो । 

जिल्लाका विभिन्न संघसंस्थाबाट सदस्य रहने गरी समिती गठन हुदै आएको छ । बिगत दुई बर्ष देखी अस्पतालमा गठन हुदै आएको सामुदायिक सल्लाहकार समितीको यो दोश्रो कार्यकाल हो । बैठकमा सामुदायिक स्वास्थ्य कार्यक्रमका उपनिर्देशक लालबहादुर कुवँर, अस्पतालका मेडिकल निर्देशक विकास गौचन लगायतको सहभागिता रहेको थियो । बैठकको सहजिकरण प्रभाव विभागका सामुदायिक म्यानेजर आरधना थापाले गर्नुभएको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने