१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

चौरजहारीमा अवैध घरेलु मदिरा बरामत गरी नष्ट

१४ मंसिर २०७३, मंगलवार १२:२९

ज्ञानु गौतम/मङ्सिर १४, रुकुम । रुकुमको चौरजहारीमा आज घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ । 

ईलाका प्रहरी कार्यालय चौरजहारीले नगरको बडा नं १ को चौरजहारी अस्पताल र एरपोट वरपर रहेका परल बाट ५० लिटर   अवैध घरेलु मदिरा बरामत  गरी नष्ट गरेको छ ।  प्रहरी नायब निरिक्षक  हरी बंश चौधरी, नगरपालिका  प्रशासण साहय दिपलाल कवर सञ्चारकर्मि सहितको टोलीले अबैध मदिरा बरामत गरी नष्ट  गरेको  हो ।  

यस्तै टोलिले १ लाख मुल्य बराबरको सिल बन्दि मदिरा बरामत गरेको जनाएको छ  यथास्रिघ प्रक्रिया पुराउन अनुरोध समेत गरेको छ । चौरजहारीनगरपालिका विभिन्न बजार क्षेत्रमा अनियन्त्रित रुपमा बिक्रि वितरण भईरहेको मदिरालाई पुर्ण रुपमा बन्द गर्नका लागि प्रहरीले यस्तो कार्यको थालनि गरेको हो । 

प्रहरीको यस कार्यसंगै अब जिल्लामा अवैध घरेलु मदिरा उत्पादन र बिक्रि बितरण कार्य पुर्ण रुपमा बन्द हुने भएको छ । मदिरा व्यापारका लागि भने बिक्रि बितरण केन्द्रले अब इजाजत पत्र लिएर मात्र मदिरा व्यापार गर्न पाईने प्रहरीले जनाएको छ । 

नगरमा बढ्दै गईराखेको अबैध मदिरा कार्यलाई रोक्न यसअघि कार्तिक २८ गते  इलाका प्रहरीकार्यलयले विभिन्न सरेकारवाला निकाय संग छलफल गरेको थियो ।  उक्त बैठकले घरेलु मदिरा बिक्रि वितरण रोक्नका लागि मंसिर १३ गतेलाई अन्तिम समय तोकेको थियो । 

तर तोकिएको अन्तिम समय सकिंदा पनि  विभिन्न बजार क्षेत्रमा अबैध घरेलु मदिरा व्यापार भईरहेकोले प्रहरी टोलीले अबैध मदिरा बरामत गरेको हो । बजार क्षेत्र र गाउँघरमा अबैध मदिरा व्यापार हुने गरेकोले जिल्लामा विभिन्न प्रकृतिका अपराधजन्य घटनाहरु समेत बढ्ने गरेकाले उक्त अबैध मदिरा व्यापार कार्य रोक्नलाई सो कार्य सुरु गरिएको हो  । 

अबदेखि रुकुमका प्रत्येक गाउँमा पनि घरेलु अबैध मदिरा नष्ट गर्ने र यस कार्यलाई निरन्तरता दिईने जिल्ला प्रहरी कार्यलय रुकुमका प्रहरी प्रमुख अंगुर जिसिले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु