सन्तोषकुमार गुप्ता । मंसिर १४ दाङ । तुलसीपुर–घोराही सडक खण्डको विजौरीमा यात्रुबाहाक हायस पल्टिदा १६ यात्रु घाईते भएका छन् । घाईते मध्ये ८ जनाको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । मंसिर १४ दाङ । तुलसीपुर–घोराही सडक खण्डको विजौरीमा यात्रुबाहाक हायस पल्टिदा १६ यात्रु घाईते भएका छन् । घाईते मध्ये ८ जनाको "/>
२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङको बिजौरीमा भख्खरै हायस पल्टियो, १६ यात्रु घाईते, आठ जनाको अवस्था गम्भीर

२०७३, १४ मंसिर मंगलवार १२:५२

सन्तोषकुमार गुप्ता । मंसिर १४ दाङ । तुलसीपुर–घोराही सडक खण्डको विजौरीमा यात्रुबाहाक हायस पल्टिदा १६ यात्रु घाईते भएका छन् । घाईते मध्ये ८ जनाको अवस्था गम्भिर छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख खुमानन्द पाण्डेका अनुसार विजौरी ६ निावसी २४ बर्षीया कमला वुढा, सोही ठाँउकै ३ वर्षीया वालिका जस्मिन वुढा, रामपुर ९ निवासी ३५ बर्षीय मुगा विक, मानपुर ९ निवासी ६४ बर्षीय खेमवहादुर हमाल, त्रिपुर ११ निवासी ४५ बर्षीय हिमवहादुर जिसी, तुलसीपुर ६ निवासी मोटरसाईकलमा सवार ३५ बर्षीया शोभा हमाल, त्रिपुर ५ निवासी २९ बर्षीया सुनिता खड्का,सल्यानको धनवाङ गाविस वडा नं. ७ निवासी २६ बर्षीय शिशिर गिरी, रुकुम खलाङ्गा ११ निवासी २० बर्षीया कमला वुढा रहेका छन् ।


अन्य सबैको तुलसीपुरको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको भएपनि चारजना मध्ये मुगा बिक, बिकास बिक, भिमबहादुर जिसी र शिशिर गिरीलाई भने राप्ती अञ्चल अस्पताल तुलसीपुरको प्रारम्भिक उपचारपछि थप उपचारकालागि नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाईते हुने अन्य यात्रुहरुमा रामपुर ९ निवासी ४३ बर्षीया सुन्तली बिक, सोही ठाँउ निवासी १३ बर्षीया सपना सुनार, सोही ठाँउकै ५५ बर्षीया बशन्ती विक, सोही ठाँउकै १८ बर्षीया सरीता विक, सोही ठाँउकै ७ बर्षीय विकास बिक घाईते भएको प्रहरीले बताएको छ ।


त्यस्तै उक्त दुर्घटनामा परि त्रिपुर ११ निवासी ३३ बर्षीया दना केसी,मोटरसाईकल चालक तुलसीपुर ६ निवासी ४५ बर्षीय विक्रमवहादुर हमाल सामान्य घाईते रहेको निमित्त प्रमुख पाण्डेले जानकारी दिए । मंगलवार दिउँसो तुलसीपुरवाट घोराहीतर्फ जाँदै गरेको रा १ ज ४०८ नम्मरको हायसले एउटै दिशातर्फ जाँदै गरेको रा ३ प २ नम्मरको मोटरसाईकलले वाटो काट्न खोज्दा त्यसलाई जोगाउने क्रममा हायस पल्टिन पुगेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख खुमानन्द पाण्डेले जानकारी दिए । मंगलवार बेलुका चार बजेतिर विजौरी ५ मैरहवा नजिकै दुर्घटना भएको थियो । दुर्घटनामा परि हायसमा सवार १४ जना र मोटरसाईलकमा सवाल थप दुई जना गरि कुल १६ जना घाईते भएको निमित्त प्रमुख पाण्डेले जानकारी दिए । रजनालाई थप उपचारका लागि बाँके तर्फ रेफर गरिएको भएपनि अन्य सबै घाईतेको यो खवर तयार पार्दा सम्म राप्ती अञ्चल अस्पताल तुलसीपुरमै उपचार भइरहेको छ । मंगलवार विहान तुलसीपुर १२ टरिगाँउमा भएको वस दुर्घटनामा ६ जना यात्रु घाईते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन